रामेछाप नगरपालिका ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध

रामेछाप नगरपालिका ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ का सबै नागरीक स्वास्थ्य बिमामा आबद्ध भएका छन । वडाले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरेर सबै नागरीकहरुलाई स्वास्थ्य बिमामा समेटेको हो ।

२०७९ सालको निर्वाचनमा नागरीकसँग गरेको वाचा अनुसार वडाका सबै नागरीकको निशुल्क बिमा गर्न सफल भएको वडाअध्यक्ष सन्तोष कुमार तामाङले बताउनुभयो । ३ वर्ष अघि वडाले सुरु गरेको यो कार्यक्रममा ७ सय ८ जना नागरीक आबद्ध भएको उहाँले बताउनुभयो ।
वडाले यो कार्यक्रमका लागी हरेक वर्ष ७ लाखको दरले बजेट विनियोजन गरेको थियो ।

नगरपालिकाले १ सय ११ जना र वडाले ५ सय ९० जनाको निशल्क स्वास्थ्य बिमा गरिदिएको हो । आईतबार वडाअध्यक्ष तामाङले स्वास्थ्य बिमा दर्ता सहयोगी लक्ष्मी घिसिङलाई सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो ।

वडाले संचालन गरेको निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा सकृयताका साथ सहयोग गरेको भन्दै दर्ता सहयोगी घिसिङ सम्मानित हुनुभयो । साथै दशैँ,तिहार र छठ पर्वको पावन अवसरमा वडाअध्यक्ष,वडा सदस्यहरु,वडाका कर्मचारीहरुबिच शुभकामना आदनप्रदान कार्यक्रम समेत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार