चाडपर्वको बेलामा हुनसक्ने सवारी दुर्घटनालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी चेक जाँचमा कडाई गरेको छ । यो समयमा कुनै पनि दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले विभिन्न कामहरु गरिरहेको छ । जिल्लाका ३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लामा ट्राफिक व्यवस्थापन लगायत विविध विषयमा ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सुवाशचन्द्र मण्डलसँग गरिएको कुराकानीको सम्पादित अंश :
चाडपर्व शुरु भयो,रामेछापमा ट्राफिक व्यवस्थापन कसरी भइरहेको छ ?
दैनिक रुपमा हुने व्यवस्थापन छदैछ । त्यो भन्दाबाहेक यात्रु सहायकताकक्षतीन ठाउँमा स्थापनाभएको छ, सेलेघाट, खिम्ती र देवकोटा चोकमा । साँझपखमापसे चेकिङ जिल्लाप्रहरी र अस्पतालको सहयोगमाहुने कार्यक्रम छ । बढी भाडा, सिट भन्दा बेसी यात्रु, सरसामान धेरै राख्नेको लागिनाकाहरूमा टिकट चेक, सिट क्षमताभन्दा बेसी बोकेकाहरूकालागि छुट्टै टिम छ । देवकोटा चोकमापार्किङ व्यवस्थितगर्न जिल्लाप्रहरी कार्यालय र ट्राफिक प्रहरीको समन्वयनमाछुट्टै टोली खटिएका छन् । कुनै अप्रिय घटना घटेमा छिटो व्यवस्थापनगर्नको लागिमोटरसाइकल टोली चाडपर्व लक्षित गरेर बनाएको टोली खटाएका छौँ ।
यात्रु सहायकताकक्षमा यात्रुहरूको केकस्तो गुनासो सम्बोधन हुन्छन् ?
काठमाडौँबाटआउने यात्रुहरूले प्रश्नगर्ने गाउँतिर जाने गाडिहरू कतिखेर जान्छ ?गइसकेको हो कि?भन्ने गुनासो । टिकटको दररेट एककिसिमको र लिने अर्को खालको समस्यागुनासो सम्बोधनगर्न । सामान छुट्ने र अर्काको सामानझार्ने खालको समस्या समाधानगर्नकालागियात्रु सहायताकक्षले समन्वयनगर्नेछ ।
सवारीसाधन चेकजाँचमा कतिको कडाई छ यो पटक ?
हाम्रो मेनभनेको चिट काट्नु भन्दापनिअप्रिय घटना नघटोस् भन्नको लागिहो । सिट क्षमताभन्दा बेसी यात्रु राखिएको छ किभनेर हेर्ने, बढी भाडा लिन्छ किभनेर चेक गर्ने, यात्रुहरू, चालक र सहचालकसँग सोधपुछ गर्ने काम हुन्छ । व्यवस्थितगर्ने, सम्झाउने मुख्य उद्देश्यहुनेछ कडाई भन्दापनि ।
दुर्घटना कम गर्नको लागि कस्तो योजना बनाउनु भएको छ यो वर्ष ?
लामो दुरी छ भने २ चालकको व्यवस्था । अनुमतीपत्र नभई सबारी चलाउनेहरूका कारण दुर्घटना हुने भएका कारण डकुमेन्ट कडाइको साथ चेक गर्ने, क्षमताभन्दा बेसी यात्रु तथा सामान राख्न नपाउने गरी हामीले कडाइको साथ हेरिराखेका छौँ । हामी दुर्घटना नहोस् भनेर सचेत छौँ ।
यात्रागर्दा कुनै समस्या परेमा, बढी भाडा लिएमा, क्षमताभन्दा बढी यात्रु बोकेमा, चालकले मापसे तथा लागुपदार्थ सेवन गरेर चलाएको जस्तो यावत समस्याहरूको सामाधानको लागि ट्राफिक प्रहरीलाई कसरी खवर गर्ने ?
ठाउँठाउँमा हाम्रो हेल्प डेक्स छ त्यहाँखवर गर्ने, नत्रहाम्रो हटलाइन जिल्लाप्रहरी १०० र ट्राफिक प्रहरी १०३ माजानकारी दिन सक्नुहुनेछ । चाडपर्वको बेला धेरै ठाउँमा प्रहरी परिचालित हुन्छ जहाँजुनप्रहरी भेटेपनि समस्याबताउनु भयो भने हामी छिटो भन्दा छिटो समस्यामा समाधानगर्नतिर लाग्नेछौँ ।
चाडपर्वमा यात्रा गरिरहेका नागरिकहरूलाई के आग्रह गर्न चाहानु हुन्छ ?
यो समय खुसी समय हुने हो । खुसीहुन छिटो पुग्नु छ भन्दैमा गाडिमा कोचिएर बस्ने काम , बाइकमा ३ जना चडिदिने र त्यहिमाथि सामानबाध्ने काम, लाइसेन्स नभएका मान्छेले सवारीसाधननचलाई दिनहुन, मापसे लापसे गरेर सवासी साधननचलाइदिनहुन, स्पीड कम गरेर चलाइदिनहुन अनुरोध गर्न चाहन्छु ।