दशैँ सुरु भएसँगै रामेछापमा प्रहरीले कुनै अप्रिय घटना हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजना बनाएरै लागू गरेको छ । नागरीकको सुरक्षाको लागी जिल्लाभर ४ सय हाराहारीमा प्रहरीहरु परिचान गरिने बताएको छ ।
जिल्लाको बढी भिडभाड हुने ठाउँहरुमा प्रहरीले विशेष निगरानी गर्ने छ । कुनै अप्रिय घटना भइहालेमा १०० नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था लगायतका बारेमा रामेछापका प्रहरी प्रमुख एवं डिसपी भोला कुमार भट्टसँग गरिएको कुराकानीको सम्पादित अंंश :
जिल्लामा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कस्तो छ ?
सुरक्षा व्यवस्था नर्मल नै छ । चाडपर्वको बेला भिडभाड धेरै हुने केहि व्यक्तिहरू कारागारबाट भागेका अवस्थाले गाउँघरमा विभिन्न घटना घटाउन सक्ने हुनाले सुरक्षा व्यवस्थालाई कडा पनि पारेका छौँ । हाम्रो संयन्त्रहरू युज गरिरहेका छौँ । यात्रुहरूको आवातजावत बाक्लो हुने हुनाले ठाउँठाउँमा यात्रु सहायता कक्षहरू राखेका छौँ । आवश्यकता अनुसार बसपार्कतिर पनि राख्ने योजना बनाएका छौँ । चाडपर्व लक्षित गरेर एक्ट्रा डिउटीहरू मिलाएका छौँ । ट्राफिकहरू पनि पहिला भन्दा बढाएका छौँ ।
चाडपर्व लक्षित कस्तो सुरक्षा योजना तयार पार्नु भएको छ ?
बजार एरियामा किनमेल गर्न भिडभाड धेरै हुने, कारोबार बढी हुने बैंक तथा वितिय संस्थामा भिडभाड हुने, पैसा निकाल्ने गरगहना किन्ने बेसी हुने भएकाले लुटपाट हुन सक्छ, गलत मान्छेले फाइदा उठाउन सक्छ, कारागारबाट भागेका मान्छे सक्रिय हुन सक्छ, हिसाबले त्यस्तो ठाउँमा हामीले सिविलमा पनि प्रहरी परिचालन गरेका छौँ युनिफर्मबाला प्रहरीहरूलाई पनि बढिनै परिचालित गरेका छौँ ।
जिल्ला भित्रने र बाहिरिने नाकाको सुरक्षा व्यवस्था कस्तो छ ?
अहिले नर्मल नै छ तर भिडभाड बढ्दै गइरहेको छ । जिल्ला भित्र आउने र जिल्लामा काम गरेका कर्मचारीहरू फर्कनेदेखि लिएर व्यापार व्यवसाय गरी आफ्नो घरतर्फ फर्कने क्रम भएकाले केहि बढ्दै छ । नाकामा चेकजाँचमा कडाइ गरेका छौँ ।
चाडपर्व लक्षित गरेर कति प्रहरी परिचालित हुँदैछन् ?
जिल्ला भरी ४ सयको हाराहारीमा प्लस माइनस हुन सक्छ प्रहरीहरू । इमजेन्सीमा रहेका ५÷७ प्रतिशतलाई मात्र विदामा छाडेका छौँ । क्रिया विदा, प्रसुती का लागि मात्र विदामा छाडिएको हो । ३२/३३ ठाउँमा भएका प्रहरी युनिटहरूलाई परिचालित गरेका छौँ । जिल्लामा भएका ९० प्रतिशत प्रहरीहरूलाई बाहिर परिचालित गरेका छौँ ।
बजार र नाकामा रहेका सिसिक्यामेराले गरिरहेको अनुगमन कस्तो छ ?
सिसि क्यामेरा जुनजुन ठाउँमा छन् त्यहाँ बाट अनुगमन भइरहेको छ र नर्मल नै छ । नभएको ठाउँमा राख्ने प्रयास भइरहेको छ । नाकामा सिसिक्यामेराबाट पनि मनोटोरिङ भइरहेको छ ।
कुनै अप्रिय घटना तथा नागरिकलाईसमस्या भए कहाँ सम्पर्क गर्ने ?
सबैभन्दा १०० नम्बरमा फोन गर्ने । जुन ठाउँमा जे भएको छ तुरुन्तै प्रहरी पुग्ने छ । हाम्रा सबारी साधन पनि स्टाण्डबाई छ हामी जहाँ भए पनि तत्कालै पुग्नेछौँ ।
यो बेला नागरिकले के के कुरामा ख्याल गर्नु पर्छ ?
घरेलु मदिराहरूको निशेध गर्नुपर्छ । साथमा धेरै नगद बोकेर नहिड्नुहोला । गलत मान्छेको नजर पर्ने हिसाबले गरगहना नलगाउनुहोला । चाडबाडको समय भन्दैमा रातीराती बसेर अनावश्यक होहल्ला नगर्नुहोला ।
आफ्नो बास्थानमा सुरक्षाको लागि अपनाउनु पर्ने सम्पूर्ण विधिहरू जस्तै बाहिर हिड्दा तालाचावी बलियो लगाउने, नजिकैको छिमेकीलाई बाहिर जादै छु मेरो पनि घरमा नजर लगाइदिनु भन्ने, यस्तायस्तै कुरामा सबैजना सचेत भइदिनुहोला भन्न चाहान्छु ।