काठमाडौंमा ११ वर्षीया बालिका बलात्कार गरेको ओरोपमा रामेछापका एक युवक पक्राउ

काठमाडौंमा ११ वर्षीया बालिका बलात्कार गरेको ओरोपमा रामेछापका एक युवक पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले रामेछाप घर भएका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । पक्राउ परेको तामाङको घर रामेछापको कुन पालिका वा गाउँ भन्ने खुलेको छैन । उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार