संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रम गरिएको छ । रामेछापमा प्रभातफेरी,अन्तरक्रिया तथा अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
दिवस मूल आयोजक समितिको आयोजनामा मन्थलीको मदन–आश्रित चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरू र नागरिक अगुवाहरूको समेत सहभागिता रहेको थियो।
दिवसको अवसरमा मन्थलीका विभिन्न अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको थियो ।