जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै हातहतियार बुझाउन नागरीकहरुलाई आग्रह गरेको छ । केहि दिन अघि देशमा उत्पन्न विषम परिस्थितिको अवस्थामा देशका विभिन्न प्रहरी कार्यालयहरुमा आगजनी तथा लुटपाट गरी लगेका हातहतियारहरु रामेछाप जिल्लामा पनि लिइ आएको भएमा बुुझाउन अनुरोध गरिएको हो ।
उक्त हतियार सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा बुझाउन रामेछाप प्रशासनले आग्रह गरेको हो । लुटेको हतियार बुझाएको नपाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्धारा जारी सूचनामा भनिएको छ ।
