रामेछाप कारागारमा गोली लागेका थप एक कैदीको मृत्यु भएको छ । गत विहिबार कारागार तोडेर भाग्न खोज्ने कैदीवन्दी माथि सुरक्षाकर्मीले गोली चलाएको थियो । सुरक्षाकमीको गोली लागेर १४ जना घाईते भएका थिए ।
२ जनाको रामेछाप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला अस्पतालले ६ जनालाई थप उपचारका लागि रेफर गरेको थियो । रेफर भई धुलिखेल अस्पतालमा उपचार गराइरहेका एक कैदीको मृत्यू भएको हो । योसँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।