रामेछाप कारागारमा सेनाले चलाएको गोली लागेर मृत्यु भएका २ जना र घाइते भएका १४ जनामध्ये १२ जना कैदी बन्दीहरूको पहिचान खुलेको छ । जेनजी आन्दोलनको मौका छोपी कारागारबाट ग्यासमा आगो लगाई भाग्ने प्रयास गरेपछि कैदी बन्दीलार्ई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको थियो । सो गोली लागेर घाइते भएका २ जना कैद बन्दीको रामेछाप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ, भने १४ जना घाइते भएका छन् ।
घाइते भएकाहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको रामेछाप अस्पतालमा उपचार भई रहेको छ ।प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भई रामेछाप कारागारमा जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका अन्दाजी ३०÷३५ वर्षीय राज किश्वर यादव र कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताइरहेका धनुषा जिल्लाका ५८ वर्षीय बेगुरु धोबीको निधन भएको जनाएको छ ।
त्यस्तै २९ वर्षीय नारायण बस्याल, ४० वर्षीय मनोज हमाल, ३० वर्षीय नवीन रसाई ,३१ वर्षीय अरुण साह, २३ वर्षीय बिनोस् ढकाल, २८ वर्षको श्रवण अधिकारी, ३० वर्षको महोमद मिया, ३५ वर्षको चन्द्र बि.क.र ३१वर्षको रोहित दनुवारको अवस्था सामान्य रहेको छ । रामचन्द्र मण्डल, हकिम सुनुवार र कमल बि.क.– अवस्था गम्भीर रहेको छ ।साथै अन्य २ जनाको भने परिचय खुलेको छैन ।