११२ औं बिपी जन्मजयन्तीको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

११२ औं बिपी जन्मजयन्तीको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२ औँ जन्मजयन्तीको अवसरमा रामेछापमा अस्पतालहरुमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ ।

मंगलबार(आज) बिहान मन्थली स्थित बिपीको शालिकमा माल्यार्पण गरे पश्चात रामेछाप अस्पताल,मन्थली अस्पताल,तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा वेड भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएकोे हो ।

नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) सहितका नेता कार्यकर्ताहरु अस्पतालमै पुगेर बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका हुन ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार