रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शन

रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शन

रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताहरुले प्रदर्शन गरेका छन । सोमबार काठमाण्डौँमा भएको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा मन्थलीमा युवा पुस्ताले प्रदर्शन गरेका हुन ।

मन्थली बजारमा नेपालको झण्डा सहित प्लेकार्ड बोकेका युवाहरुले नारा लगाउँदै प्रदर्शन गरेका छन । सोमबार प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा धेरै घाइते भएका छन् । राज्यबाट भएको दमनको चौतर्फी निन्दा भैरहेको छ ।

’जेन जी’ हरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई ’जेन जी’ पुस्ता भनिन्छ ।

’जेन जी’ यिनीहरू इन्टरनेटको विकाससँगै हुर्किएका हुन् । विश्वव्यापीकरणको प्रभावले यो पुस्ता धेरै परिवर्तनबारेमा जानकार रहे पनि नेपालमा परम्परागत शासकका कारण रुष्ट छन् ।

यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा आएका हुन् । तर सरकारले सडकमा आएको पहिलो दिन नै ’जेन जी’ माथि बर्बरतापूर्वक गोली चलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार