आधुनिकीकरणले रामेछापमा आरन पेशा लोप हुँदै

आधुनिकीकरणले रामेछापमा आरन पेशा लोप हुँदै

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले रामेछापमा आरन लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको हो ।

राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएका छन । युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन ।

नयाँ पुस्ताले पेशा छाड्दै गएका कारण आरन हराउँदै गएको छ । आरन पेशा व्यावसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेशा ओझेलमा पर्न थालेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार