नियमित उडान नहुँदा रामेछाप विमानस्थल यतिबेला सुनसान छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्र नजिक रहेको विमानस्थल अहिले हवाइ उडान नहुँदा सुनसान बनेको हो ।
पर्यटकीय समयमा सोलुखुम्बुको लुक्ला जान रामेछापको विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला त्रिभुवन विमानस्थल व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाण्डौबाट सडकमार्ग हुँदै मन्थली पु¥याउने र त्यसपछि हवाइ सेवामार्फत सोलुको लुक्ला पु¥याउने गरिन्छ ।
पर्यटकीय सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका होटल तथा अन्य पसल÷व्यवसाय पनि यतिखेर सुनसान नै छन् । स्थानीयबासिन्दाहरुले अहिले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडक जोखिमयुक्त रहेको, चाडपर्व भित्रिएको अवस्थामा जिल्लामा हवाई सेवालाई निरन्तरता दिनुपर्ने बताउछन ।
मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठका अनुसार रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गरेको तर सम्बन्धित जिम्मेवार निकायले चासो नदिएको बताउनभयो ।