रामेछाप अस्पतालमा जटिल प्रकारको शल्यक्रियामा पर्ने एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै हुने उहाँले बताउनुभयो ।
सर्जन डा. सुदत श्रेष्ठ ,एमडिजिपी डाक्टर मुरारी ढकाल , सिनियर मेडिकल अधिकृत डाक्टर सत्यम पाण्डे , एनेस्थेसिया राजेश यादव ,डिवी श्रेष्ठ र मेडिकल अधिकृत राजन अधिकारी सहितको टिमले पहिलोपटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको हो । रामेछाप अस्पतालमा सामान्य शल्यक्रिया , डाईलासिस, शल्यक्रियाबाट बच्चा निकाल्ने जस्ता सेवा सञ्चालन हुँदै आएको छ ।