रामेछापका शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छैनन् ।
शिक्षा ऐन २०७३ ले रोजगारीका सर्तमा दलीय सदस्यता लिन नपाउने व्यवस्था अनुरूप तत्काल पार्टीको सदस्यता त्याग्न शिक्षा मन्त्रालयले विशेष निर्देशन दिएसँगै देशभर दलसँगको आबद्धता शिक्षकहरूले त्यागेको भए पनि रामेछापका कुनै शिक्षकले सदस्यता नत्यागेका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछापका सूचना अधिकारी रामकृष्ण ढुंगेलका अनुसार हालसम्म जिल्लाका एक जना शिक्षकले पनि दल त्याग गरेको जानकारी गराएका छैनन् ।