रामेछापमा मनाइयो राष्ट्रिय कोदो दिवस

रामेछापमा मनाइयो राष्ट्रिय कोदो दिवस

रामेछापमा राष्ट्रिय कोदो दिवस मनाइएको छ ।“कोदो जन्य परिकारको आहार,स्वास्थ्य सुरक्षा र खाद्य जीवनको आधार,” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको हो ।

जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा कोदो रोपेर दिवस मनाइएको हो । कार्यक्रममा कोदो रोप्नुका साथै कोदाको परिकारहरु खाने व्यवस्था गरिएको थियो ।

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम इकाई,कृषि विकास कार्यालय ,जिल्ला सहकारी संघ र जिल्ला कृषि सहकारी संघ रामेछापको समन्वयमा जमर्को कृषि सहकारी संस्था मन्थलीले कठजोरको ठाँटीमा दिवस मनाएको हो ।

कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि साउन १६ गते दिवस मनाउने सरकारले निर्णय गरेको थियो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार