रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा संकलन गर्यो १ करोड २८ लाख बढि राजश्व

रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा संकलन गर्यो १ करोड २८ लाख बढि राजश्व

रामेछापको रामेछाप नगरपालिकाले एक वर्षको अवधिमा रू. १ करोड २८ लाख ५७ हजार ५०४ रुपैयाँ राजश्व संकलन गरेको छ । नगरपालिकाको वार्षिक राजश्व संकलन लक्ष्य रू. १ करोड १२ लाख १४ हजार रहेकोमा लक्ष्यभन्दा बढी राजश्व संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो ।

नगरपालिका कार्यालयबाट रू. ६८ लाख ७९ हजार ५४२ रुपैयाँ राजश्व संकलन भएको हो । वडा कार्यालय तर्फ सबै भन्दा बढी राजश्व वडा नं ६ बाट संकलन भएको भने सबैभन्दा कम वडा नं १ बाट संकलन भएको छ । वडा नं ६ ले ९ लाख ९८ हजार ७४७ रुपैयाँ राजश्व संकलन गर्दा वडा नं १ ले ३ लाख ४० हजार ५६८ रुपैयाँ मात्रै संकलन गरेको हो ।

यसैगरी वडा नं २ ले ३ लाख ६० हजार ३०१,वडा नं ३ ले ८ लाख ५७ हजार ९९७,वडा नं ४ ले ७ लाख ७ हजार १२२ र वडा नं ५ ले ५ लाख ६ सय ५६ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो । यसैगरी वडा नं ७ ले ८ लाख ६२ हजार ४८१,वडा नं ८ ले ७ लाख ८९ हजार ४७ र वडा नं ९ ले ५ लाख ६१ हजार ३८ रुपैयाँ राजश्व संकलन गरेको रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार