रामपुरबासिले निशुल्क रगत पाउने,नेपाल रेडक्रससँग सम्झौता

रामपुरबासिले निशुल्क रगत पाउने,नेपाल रेडक्रससँग सम्झौता

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरबासिले निशुल्क रगत पाउने भएका छन । देशको जुनसुकै ठाउँमा रहेका रामपुरबासिले उपचारको क्रममा रगत आवश्यक परे निशुल्क पाउने व्यवस्था वडा कार्यालयले मिलाएको छ ।

वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटीबिच रामपुरबासिलाई आवश्यक परेको बेला निशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो । सहमति पत्रमा वडाअध्यक्ष हरिश्चन्द्र श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी रामेछापका मन्त्री दुर्गा बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

वडाका कुनै पनि नागरीकले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ वार्षिक ५० हजार रुपैयाँमा नेपाल रेडक्रससँग सम्झौता गरिएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । निशुल्क रगत पाउन वडाको सिफारिस अनिवार्य गरिएको उहाँको भनाई छ ।

वडाले सिफारिस दिएपछि देशभर जुनसुकै ठाउँमा रहेका रामपुरबासिले नेपाल रेडक्रस सोसाइटीबाट निशुल्क रगत पाउने छन । सबै रक्त समुहका रगतहरु रामपुरबासिले सहज रुपमा निशुल्क पाउने वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार