सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नः ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहस्यम घटना घटेको छ । सो ठाउँमा बसोबास गर्ने उर्मिला हायुको परिवार सम्पर्क विहिन भएको वडाअध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो ।
घरबाहिरको पालि जलेको,ढोका झ्याल बन्द गरेको,बाख्रा,कुखुरा,भैसि अलपत्र अबस्थामा रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । हायुको १६ जना परिवार नै सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । ३÷४ दिनदेखी उनिहरु सो घरमा नरहेको अनुमान गरिएको छ ।
घटना रहस्यमय रहेको र उनिहरुको खोजी कार्य जारी रहेको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । उनिहरु कोहि कसैसँग सम्पर्कमा आएमा सम्बन्धित निकाएमा खबर गरि आबस्यक सहयोग गरिदिन पनि वडाअध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।