चलचित्र एउटा सशक्त माध्यम हो जसले कुनै क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई विश्वसामु उजागर गर्न सक्छ। हो, समग्र रामेछाप नगरको पर्यटन विकास गर्न सिनेमासँग जोड्नु अति आवश्यक छ। पर्यटन र चलचित्र दुवै समाज, अर्थतन्त्र र संस्कृतिमा गहिरो प्रभाव पार्ने माध्यम हुन्। चलचित्रले दर्शकलाई नयाँ ठाउँको भिजुअल अनुभव गराउँछ, जसले आममानिसहरूलाई त्यस स्थानमा पुग्ने प्रेरणा दिन्छ। यसरी चलचित्र केवल मनोरञ्जनको साधन नभई पर्यटन प्रवद्र्धनको रणनीतिक औजार पनि हो।
रामेछाप नगरपालिका नेपालको पूर्वी भागमा अवस्थित एक समृद्ध र सम्भावनायुक्त नगरपालिका हो, जसमा पर्यटन तथा चलचित्र क्षेत्रका लागि अपार सम्भावना लुकेको छ। यो नगरपालिका भौगोलिक रूपमा पहाडी क्षेत्रले भरिएको छ र प्राकृतिक सौन्दर्यले सम्पन्न छ। यहाँको प्रमुख आकर्षणहरूमा सुनकोशी, लिखु नदीको बहाव, हरियाली डाँडाहरू, भालुखोप डाँडा, तार्केश्वर, ढुकुरसिंङ क्षेत्रको दृश्य सौन्दर्य र परम्परागत मगर, तामाङ तथा लोपोन्मुख हायू जातीय बस्तीहरू पर्दछन्। यस्ता विविधताले भरिएका स्थानहरू चलचित्र छायांकनका लागि निकै उपयुक्त छन्, जसले दर्शकमा दृश्य सौन्दर्यको अनुभव दिने मात्र नभई त्यो ठाउँमा पुग्न चाहने मनोवैज्ञानिक प्रेरणा पनि जगाउँछ।रामेछाप सांस्कृतिक दृष्टिकोणले पनि विशेष छ। यहाँ बसोबास गर्ने विभिन्न समुदायले आफ्नो मौलिक भाषा, पहिरन, पर्व, रीतिरिवाजलाई आजसम्म जगेर्ना गरेर राखेका छन्। यस्तो मौलिक संस्कृतिले चलचित्रलाई मौलिक कथा र पात्र दिने आधार मात्र होइन, दर्शकलाई एक नयाँ संसार देखाउने अवसर पनि दिन्छ। साथै, यस्ता सांस्कृतिक मूल्यहरूलाई चलचित्रको माध्यमबाट प्रचार गरेमा पर्यटन मात्र होइन, पहिचान संरक्षणमा समेत योगदान पुग्छ।यस नगरपालिकामा चलचित्र पर्यटन प्रवद्र्धन गर्ने हो भने स्थानीय युवालाई छायांकन, गाइडिङ, होमस्टे सञ्चालन, सांस्कृतिक प्रस्तुति आदि क्षेत्रमा रोजगारीपनि दिन सकिन्छ। चलचित्रको टोली आउने भएपछि होटल, ट्रान्सपोर्ट, फूड सप्लाई लगायतका व्यवसायिक सेवा प्रवाह हुने हुँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्नेछ। त्यसैगरी यहाँको परम्परागत बस्ती, ढुङ्गा–माटोका घर, पुराना गुम्बा, ल्याङ्ल्याङ भिमसेनथान, तिल्केस्थान किल्ला गढी र धार्मिक स्थलहरूलाई पनि चलचित्रमा समेटेर विश्व सामु चिनाउने सम्भावना छ।रामेछाप नगरपालिकाको भौगोलिक, सांस्कृतिक र प्राकृतिक विविधताले यो क्षेत्रलाई पर्यटनको दृष्टिले अत्यन्त सम्भावनाशील बनाएको छ। नेपालकै सुन्दर जिल्ला मध्येको एक, रामेछापजिल्लाको रामेछाप नगरले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाहरूको अनुपम संगालो बोकेको छ। यही विशेषता पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने बलियो आधार बन्न सक्छ।
रामेछाप नगरमा अवस्थित मुढाजोर देवीथानलगायत मठमन्दिरमालाग्ने जात्रा–पर्व, यहाँकामौलिक परम्परा, जनजीवन र यस स्थानबाट देखिने हिमाली दृश्यहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने अद्भुत क्षमता राख्दछ। नेवार, तामाङ, मगर, किरात संस्कृति र अन्य जातीय समुदायका लोककला, भेषभूषा, स्थानीय खाना तथा ग्रामीण जीवनशैली आफैँमा आकर्षक पर्यटन सम्पदा हुन्।पर्यटन क्षेत्रको विकासले नगरपालिकाको समग्र आर्थिक गतिविधिमा नयाँ ऊर्जा दिन्छ। होटल, होमस्टे, यातायात सेवा, हस्तकला व्यापार, कृषि उत्पादनको खपत, स्थानीय गाइड तालिम, सूचना केन्द्र, सांस्कृतिक कार्यक्रम आदि विविध माध्यमबाट रोजगार सिर्जना हुन्छ। यसले युवालाई गाउँमै बस्न प्रेरित गर्छ र वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता घटाउँछ।तरयस्ता सम्भावना साकार पार्न ठोस योजना आवश्यक छ। पर्यटन पूर्वाधार जस्तै सडक, सूचना प्रवाह, सरसफाइ, स्वास्थ्य सेवा, अतिथि सत्कारको प्रवद्र्धन, पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने हुन्छ। साथै स्थानीय जनतालाई पर्यटन सम्बन्धी तालिम, क्षमता विकास, भाषा ज्ञान र उद्यमशिलता अभिवृद्धिमा जोड दिनुपर्छ।पर्यटन विकास कुनै एकै पक्षबाट सम्भव हुँदैन। यसको लागि भौतिक पूर्वाधार, प्रचारप्रसार, सांस्कृतिक प्रस्तुति, सूचना व्यवस्थापन र आकर्षण सिर्जनाको संयुक्त प्रयास आवश्यक पर्छ। वर्तमान युगमा चलचित्र एक प्रभावशाली माध्यम हो जसले कुनै पनि ठाउँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र जीवनशैलीलाई लाखौं दर्शकमाझ पु¥याउन सक्छ। त्यसैले रामेछाप नगरले आफ्नो पर्यटन प्रवद्र्धनका लागि चलचित्र उद्योगसँग जोडिनै पर्छ।
चलचित्र र पर्यटनको सम्बन्ध
१. चलचित्रले गन्तव्यको प्रचार गर्छ,
चलचित्रमा कुनै स्थान देखिएपछि दर्शकहरू त्यो स्थानप्रति आकर्षित हुने अथवा त्यस ठाउँ सम्बन्धि जिज्ञासु हुन्छन् । The Lord of the Rings पछि न्युजिल्यान्ड पर्यटकीय केन्द्र बन्यो। 3 Idiots पछि पाङ्गोङ ताल लदाख हेर्न लाखौं भारतीय पर्यटक पुगे। Kabir Singh पछि मसूरी र Yeh Jawaani Hai Deewani पछि मनाली ट्रेन्डिङमा आए।नेपालको सन्दर्भमा पनि यस्तो धेरै ठाउँ चलचित्र छायांकनपछि गन्तव्य स्थल बनेको छ जस्तै “कागबेनी“ ले मुस्ताङ प्रख्यात पर्यटकीय गन्तव्य बन्यो, प्रेमगीत –३ ले मन्सोहरू र उच्च पहाडी क्षेत्र चिनायो, चित्लाङ, मुढे, कालिन्चोक, कुलेखानी, मनाङ लगायत ठाउँलाई अझ बढी चलचित्रले प्रचार गरेको हो ।
२. दर्शकलाई यात्रा गर्न उत्प्रेरित गर्छ
चलचित्र दृश्य र कथाले दर्शकको भावना छोएपछि उनीहरू वास्तविक जीवनमा त्यही स्थान अनुभव गर्न चाहन्छन्।
३. स्थानीय आर्थिक विकासमा सहयोग गर्छ ।
चलचित्रको छायांकनले होटल, होमस्टे, ट्रान्सपोर्ट व्यवसायलाई फाइदा पु¥याउँछ । स्थानीय युवालाई रोजगारी दिन्छ -गाइड, सप्लायर्स, टेक्निसियन_ बजार, हस्तकलालाई प्रचार गर्छ
४. संस्कृति र पहिचानको प्रवद्र्धन गर्छ ।
चलचित्रले स्थानीय भाषा, संस्कृति, पर्वहरू परम्परागत वस्त्र, संगीत, खानपानविश्वसामु चिनाउँछ, यसले सांस्कृतिक पर्यटनलाई बल दिन्छ।
५.पर्यटन पूर्वाधार विकासमा प्रभाव पार्छ ।
चलचित्रले ध्यान खिचेपछि स्थानीय सरकार वा पालिकाले बाटो, सम्पर्क, होटल, शौचालयजस्ता पूर्वाधार बनाउने सम्भावना बढ्छ।
पर्यटन र चलचित्रको सम्बन्ध निकै घनिष्ठ, द्विपक्षीय र अत्यन्त प्रभावकारी छ। रामेछाप नगरपालिकाले आफूलाई “चलचित्र मैत्री गन्तव्य Film–Friendly Destination को रूपमा विकास गर्न चाहने हो भने स्थानीय सरकारको अग्रसरता अत्यन्तै महत्वपूर्ण हुनेछ। यसका लागि पालिकाले चलचित्र निर्माण अनुमति, लोकेसन गाइड, प्रोत्साहन अनुदान, र स्थानीय सहयोग संयन्त्र निर्माण गर्नुपर्नेछ। साथै, वार्षिक रूपमा चलचित्र महोत्सव Film Festival आयोजना गर्ने र Film Tourism Policy लागू गर्ने हो भने रामेछाप नेपालको सिने–पर्यटन नक्शामा स्थापित हुन सक्छ।रामेछापको प्राकृतिक सुन्दरता,धार्मिक स्थल, जातजातिको मौलिक संस्कृति र गाउँको जीवनशैली चलचित्रको कथा र दृश्यका लागि अत्यन्त उपयुक्त छन्। यसलाई पर्दामा उतार्न सके, त्यस दृश्यले मात्र लाखौं दर्शकलाई यहाँका ठाँउ र यसकाबारे चासो बढाउन सक्छ।नेपाली चलचित्रले धेरैपटक पर्यटकीय क्षेत्रको प्रचारमा महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणका लागिमुक्तिनाथ, घान्द्रुक, इलाम, डोल्पा लगायत स्थानहरू चलचित्रमार्फत चर्चामा आएपछि ती ठाउँमा पर्यटकको चाप उल्लेखनीय रूपमा बढेको पाइन्छ, त्यस्तै अवसर रामेछाप नगरमा पनि छ।रामेछाप नगरपालिकाले स्थानिय फिल्म निर्मातालाई सहयोग, छायांकन सहजता तथा आर्थिक सहकार्य गर्न सक्ने हो भने यहाँ धेरै फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो र प्रमोशनल भिडियो निर्माण गर्न सकिन्छ। यसले दृश्यात्मक रूपमा रामेछापको परिचय देश–विदेशमा फैलाउनेछ।त्यसैले पर्यटन र चलचित्र दुवैलाई समेटेर अघि बढ्नु नै समयको आवश्यकता हो। रामेछाप नगरले आर्थिक समृद्धिको बाटो खुलेर जान चाहन्छ भने चलचित्रजस्तो सशक्त माध्यमलाई समावेश गरेर आफ्नो पर्यटन सम्पदाको दृश्यात्मक प्रचारप्रसार गर्नैपर्छ।यसकारण रामेछाप नगरको दिगो आर्थिक समृद्धिका लागि पर्यटन नै बलियो, भरपर्दो र दीर्घकालीन बाटो हो। यदि स्थानीय सरकार, समुदाय र निजी क्षेत्रले सहकार्यमा पर्यटन विकासको मार्ग अवलम्बन गरेमा रामेछाप समृद्ध, आत्मनिर्भर र उदाहरणीय नगरपालिका बन्ने निश्चित छ।
यसलाई निम्न तरिकाले प्रयोग गर्न सकिन्छ
१. स्थानीय स्थलहरूलाई चलचित्रको छायांकन स्थल बनाउने
रामेछापमा गोरेटो बाटो, प्राचीन गुम्बा, मन्थली आसपासको भू–दृश्य, सुनकोशी नदी, ऐतिहासिक पुरानागाउँघर आदिलाई चलचित्रमा देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ। जस्तैः बोलङ्बोलङ्को मगर बस्ती, ओख्रेनी गाइटारको तामाङबस्ती, रामपुर भङ्गेरीको नेवार बस्ती, यस्तै लोपन्मूखहायू बस्ती । यसरी हामिले पर्यटकिय ठाउँहरुको प्रचार गरि आन्तरिक र बाह्य पर्यटन बढाउँन सकिन्छ साथै स्थानीय अर्थतन्त्रमा योगदान दिन सकिन्छ ।
२. ‘रामेछाप फिल्म कमिसन’ जस्तो निकाय स्थापना गर्ने
यसले रामेछापमा छायांकन गर्न आउने चलचित्र टोलीलाई सहयोग गर्नेछ, परमिशन, गाइड, लोकेसन डाटाबेस आदि उपलब्ध गराउनेछ।
३. ‘रामेछाप फिल्म फेस्टिवल’ आयोजना गर्ने
हरेक वर्ष चलचित्र महोत्सव आयोजना गरी रामेछापलाई ‘फिल्म टुरिजम हब’ बनाउन सकिन्छ। यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममेकर्सलाई निम्त्याएर नेटवर्किङ, वर्कशप र पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।
४. स्थानीय कथावस्तुमा आधारित फिल्म निर्माण गर्न प्रोत्साहन M
रामेछापकै जीवनशैली, संस्कृति र इतिहासमा आधारित फिल्म निर्माण गर्दा स्थानीय समुदायको पहिचान बलियो हुन्छ र पर्यटकको आकर्षण बढ्छ।
५. सिने–पर्यटन प्याकेज निर्माण गर्ने
फिल्म छायांकन भएका स्थलहरूलाई समेटेर विशेष Film Tour Package बनाउन सकिन्छ, जहाँ पर्यटकलाई फिल्म छायांकन स्थल देखाइन्छ, दृश्यको कथा सुनाइन्छ।
अन्त्यमा
रामेछाप नगरपालिका पर्यटन र चलचित्रको समन्वयमार्फत स्थानीय संस्कृति र प्रकृतिको समुचित प्रवद्र्धन गर्दै आर्थिक र सामाजिक रुपान्तरण गर्न सक्ने अत्यन्त सम्भावनायुक्त नगरपालिकाका रूपमा अगाडि बढ्न सक्ने सामथ्र्य राख्दछ। चलचित्र र पर्यटनको सम्बन्ध परिपूरक छ। चलचित्रले गन्तव्य देखाउँछ, पर्यटनले त्यसलाई मूल्य दिन्छ। दुबै मिलेर संस्कृति, अर्थतन्त्र र स्थानको पहिचानलाई बल दिन्छन्। रामेछापको समग्र पर्यटन विकास गर्न चलचित्र एक प्रभावकारी औजार हो। यसलाई योजनाबद्ध रूपमा प्रयोग गर्न सकेमा रामेछापले आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय पहिचानको हिसाबले ठूलो फड्को मार्न सक्छ ।
– कमल एक्चै मगर
चलचित्रनिर्देशक