रामेछाप प्रशासनले उठायो एक वर्षमा ३ करोड ३१ लाख राजश्व

रामेछाप प्रशासनले उठायो एक वर्षमा ३ करोड ३१ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय रामेछापले गत आथिक वर्ष  २०८१/८२ मा ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैया राजश्व संकलन गरेको छ । राहदानी,संस्था दर्ता,दण्ड जरिवाना लगायत विभिन्न शिर्षकमा उक्त राजश्व संकलन गरिएको हो ।

यो अवधिमा प्रशासनले नयाँ नागरिकता ६ हजार ४२७ थान र नागरिकताको प्रतिलिपी ५ हजार ९७६ थान जारी गरेको छ । त्यसैगरी ४ हजार ६२७ राहदानीको आवेदन परेकोमा ४ हजार ६५५ थान वितरण गरिएको हो ।

यो एक वर्षमा १३ हजार ७५५ जनाको राष्ट्रिय परिचयपत्रको विवरण लिने काम भएकोमा ७ हजार १५४ थान वितरण भएको छ । त्यस्तै २९५ नाबालक परिचयपत्र वितरण भएको छ ।

जिल्ला प्रशासनले आर्थिक वर्ष २०८०/०८१ मा जिम्मेवारी सरेर आएको २ वटासहित २५ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्छोट गरेको छ । ठाडो उजुरी ९१ वटा दर्ता भएकोमा ९१ वटा नै फर्छोट भएको छ । उजुरी अनुसन्धान तथा कारबाही अन्तर्गत गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान तथा अन्य नियामक निकायबाट प्राप्त १८ वटा उजुरी मध्ये १५ वटा फर्छोट भएको र ३ वटा फर्छोट हुन बाँकी रहेको बताइएको छ ।

गृह मन्त्रालयबाट प्राप्त ४ वटा उजुरी मध्ये ३ वटा फर्छोट भएको र एउटा फर्छोट हुन बाँकी, वैदेशिक रोजगार सम्बन्धी ४४ वटा उजुरी दर्ता भएकामा ४४ वटा नै फर्छोट भएका छन। क्यूआर मार्फत प्राप्त ६ वटा उजुरीमा ६ वटै फर्छोट भएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रशासन कार्यालय मार्फत गएको साउनदेखि असार मसान्तसम्म विपद्मा परी ज्यान गुमाएका र प्रभावित परिवारलाई गरी ३४ लाख ९५ हजार रुपैयाँ राहत रकम समेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार