हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण गरिएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बुधबार रामेछाप मन्थली सडक खण्डको बावियाखर्कमा विभिन्न प्रजातिका विरुवाहरु रोपेको हो । डिभिजन बन कार्यालय रामेछापले उपलब्ध गराएको कपुर,धुपी लगायतका एक सय पचास भन्दा बढी बिरुवाहरु रोपिएको छ ।
बावियाखर्क र भंगेरीको सिमाना रातमाटे देखि वावियाखर्कको साउनेपानी सम्मको पक्की सडकको छेउमा विभिन्न प्रजातिको विरुवाहरु रोपिएको वडा अध्यक्ष सन्तोष कुमार तामाङ्गले जानकारी दिनुभयो ।
रोपिएको बिरुवाहरुको संरक्षणका लागि सडकमा दैनिक काम गर्ने सडक कर्मचारीहरुलाई परिचालन गरिने उहाँले बताउनुभयो ।