रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरुकोे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार रामेछाप नगरपालिकाको सभा हलमा भएको कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालयले गरेको हो ।
जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले चालु आ.वको हालसम्म भएका कामहरुको बारेमा जानकारी गराएका थिए । जिल्ला स्थित सरकारी कार्यालयहरुको हालसम्मको अवद्यीमा भएको कामहरु र वित्तिय प्रगती सन्तोषजनक रहेको पाइएको छ ।
रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रममा सबै कार्यालयहरुको प्रगती प्रतिवेदन पश्चात सवाल जवाफ भएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले विभिन्न कार्यालयले गरेका कामहरु बारे प्रश्न गरेका थिए । यसभन्दा अघि पनि जिल्लाका सरकारी कार्यालयहरुको अर्धवार्षिक सार्वजनिक सुुनुवाई कार्यक्रम भएको थियो ।