राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान संचालन गरिरहेको छ । सोही अभियान रामेछापमा पनि जारी रहेको रास्वपा रामेछापका उपसभापति मोहन कार्कीले बताउनुभयो ।
अभियान सुरु भएदखी हालसम्म ३ हजार भन्दा बढी नागरीकले हस्ताक्षर गरेको उपसभापति कार्कीले बताउनुभयो । बिहिबार(आज) रामेछाप बजारमा भएको हस्ताक्षर अभियानमा ७ सय जनाले हस्ताक्षर गरेका छन ।
रामेछाप जिल्लाबाट न्युनतम १० हजार जनाको हस्ताक्षर गरेर बुझाउने उद्धेश्य अनुरुप सकृय रुपमा अभियान संचालन गरिरहेको उपसभापति कार्कीको भनाई छ । जिल्ला तथा सबै पालिका समितिहरुले यो अभियान संचालन गरिरहेका छन ।