धारामा धमिलो पानी आएपछि रामेछापबासी हैरान

धारामा धमिलो पानी आएपछि रामेछापबासी हैरान

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार आसपासमा खानेपानीको धारामा धमिलो पानी आएपछि सर्वसाधारण समस्यामा परेका छन । अविरल वर्षासँगै बढेको भेलले खोला नै धमिल्याएपछि यहाँका घररघरमा जोडिएका धारामा समेत धमिलो पानी आएको छ ।

रामेछाप नगरपालिका ८ रामेछाप बजारमा बस्दै आएका विनोद कुमार श्रेष्ठले धारामा धमिलो लेदो सहितको पानी आउन थालेपछि यस्तो पानी कसरी पिउने भन्दै सामाजिक संजालमा आक्रोश पोख्नुभयो । करीब ४ दिनदेखी धारामा धमिलो,लेदो सहितको पानी आउने गरेको छ ।

रामेछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वितरण गरेको खानेपानीको धारामा यस्तो समस्या देखिएको हो । खोलाबाट प्रशोधन नगरी सिधै खोलाको पानी ट्यांकीमा खसालेर वितरण गरिदै आएको छ ।

पानी उपभोग गर्ने उपभोक्ताहरुले भने रामेछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाएका छन । शुद्धिकरण नगरि फोहार,धमिलो,लेदो सहितको पानी पिउन बाध्य बनाएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन ।

रामेछाप नगरपालिका ७ का विष्णु बहादुर महताराले आर्थिक रुपमा सम्पन्न मध्यम तथा उच्च वर्गकाले प्रशोधित बोतल वा जारको पानी, पिउने गरेपनि न्यून वर्गकाले भने लेदोसहितको धाराको पानी नै प्रयोग गर्न बाध्य रहेको बताउनुभयो ।

हरेक महिना न्युनतम ५ सय खानेपानीको शुल्क तिर्दै आएका नागरीकहरु धारामा फोहार,धमिलो र लेदो सहितको पानी आउँदा रुष्ट छन । शुद्ध पानी पिउने उपभोक्ताको अधिकार भएपनि धमिलो पानी पिउन यहाँका उपभोक्ताहरु बाध्य छन ।

रामेछाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति भने वर्षातको बेला यस्ता समस्या आउने भन्दै जिम्मेवारीबाट पन्छिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार