सुन्दर सुनापतिलाई अझ सुन्दर बनाउन एक हजार बढी बिरुवाहरु रोपियो

सुन्दर सुनापतिलाई अझ सुन्दर बनाउन एक हजार बढी बिरुवाहरु रोपियो

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न एक हजार बढी बिरुवाहरु रोपिएको छ ।

गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित लामा टोलदेखि सुनापति डाँडाको शिवमूर्ति वरिपरी हुँदै १०८ वटा लहरे माने सम्म पुग्ने सडक छेउछाउ करिब एक हजार बढी बिरुवाहरू रोपिएको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताउनुभयो ।

सुनापति पर्यटकीय क्षेत्रमा विभिन्न फलफूलका बिरुवा तथा वृक्षारोपण गरी हरियाली र सौन्दर्य बढाउने सोच तथा परिकल्पना अनुसार धुपी, आल्चा, कपुर, अम्बा, मलगेडी, चाइनिज लालिगुराँस जस्ता विभिन्न बहुपयोगी, सास्कृतिक, औषधीय र आकर्षक प्रजातिका बिरुवाहरू रोपिएको उहाँले बताउनुभयो ।

अध्यक्ष तामाङ, वडा अध्यक्षहरु श्री कुल बहादुर थिङ र श्री चित्र बहादुर मानन्धर, पालिका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थितिमा करिब १ हजार बढी बिरुवाहरु रापिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार