डा.केदार कार्की।
सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारा तय गरेको छ। खाद्य सुरक्षाका लागि धान उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको कृषि विभागले जानकारी दिएको हो।
नेपाल मा वर्ष २०६६ देखिकिसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो ।
विश्वभर करिब ९० प्रतिशत भन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिकटनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । त्यसकारण एसियालीहरूलाई एकैसाथ ल्याउन सेतुको कामसमेत गरेको छ धान खेतीले । यसर्थ कृषिमा आकर्षण घटेकाले खाद्यान्न उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको छैन । मूलतः यस्तो किसिमको खाद्यान्नको मुख्य स्रोत मानिएको धानखेतीलाई प्रवद्र्धन गर्न सरकारको २९ मंसिर २०६१ को निर्णय अनुसार नेपालमा प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको छ ।
यसैलाई निरन्तरता दिने क्रममा यस साल पनि कृषि विभागले राष्ट्रिय धान दिवस मनाउन लागि परको छ । यस सालको धान दिवसको मूल नारा भने ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ । यसैक्रममा यो विसं २०८० साल असार १५ गते २०औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव पर्न गएको छ । यस वर्ष समयमै मनसुन सुरु भएकाले गर्दा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा वृद्धि हुने अनुमान गरिएको छ ।
देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्व कालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेशाको रूपमा रहिआएको छ । विश्व अर्थतन्त्रमा अरू क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । देशको अर्थतन्त्रमा कृषिमा कूल गार्हस्थ उत्पादनमा हाल २६ दशमलव ५ प्रतिशत ओगटेको छ । त्यसमध्ये धानबाट कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान छ । त्यसरी मुलुकमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत भूमिमा धान खेती हुँदै अएको छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ ।
सांस्कृतिक मापदण्डका अनुसार १५असार लाई वर्षको लागि धान रोपाई गर्न “शुभ दिन ठानिन्छ। यो मिति मानसूनको मौसममा हुन्छ, धान रोपाई को लागि एक इष्टतम समय। १ डिसेम्बर २००४ मा नेपाल सरकारले १५असारलाई आधिकारिक रूपमा राष्ट्रिय धान दिवश को दिन घोषणा गर्यो। यो चाड “आत्म–समृद्धिका लागि धानको उत्पादन बढाउने बारेमा मनाइन्छ।
राष्ट्रिय धान दिवस, असार १५ को रूपमा पनि चिनिन्छ, जुन नेपालमा महत्वपूर्ण कृषि उत्सव हो, जसले धान को रोपाई को शुरुवात गर्दछ।नेपाली असार महिनाको १५ औं दिन नमा मनाइन्छ (सामान्यतया जून वा जुलाईमा पर्छ ), यसले नेपालको कृषि क्षेत्रका लागि दुबै सांस्कृतिक र आर्थिक महत्त्वलाई समात्दछ। यस वर्ष, त्यो दिन शनिबार, जुन २ २८ , २०२५ (असार १५ , ०८२ ) मा मनाइदैछ ।
राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्। यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ। मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ। कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन्।
खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ। सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको पाइन्छ।
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा रहेको छ। उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत ग¥हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्त्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्त्वको हुन्छ ।
लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ । त्यस्तै ’असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्त्वलाई पुष्टी गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यसको उत्पादन भने कम हुन्छ ।
नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । एक आँकडा अनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई÷तीन से.मी. पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से.मी. पानी हुनु उपयुक्त हुन्छ ।
धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेकमा किसानहरूले आफ्नै तवरले मनाउ छन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।
रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ। नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
कृषि पर्यटन :
यो चाड पर्यटकहरु लाई आकर्षित गर्दछ, क्षेत्र मा कृषि संचार गर्न योगदान।
सांस्कृतिक महत्वः
परम्परा र एकताः
राष्ट्रिय धान दिन एक सामुदायिक घटना हो जसले कृषक र गाउँलेहरू बीच एकता र सहयोगलाई बढावा दिन्छ।
प्रकृतीवादः
चाडले नेपालको कृषि सम्पदाको संरक्षणको प्रतीकको प्रतिनिधित्व गर्दछ, नेपालको कृषि सम्पदाको संरक्षण।
उत्सव भोजः
दिन परम्परागत खाद्य पदार्थहरूको साथ अवलोकन गरिन्छ जस्तै दही, सपाट चामल र फलहरू।
सामुदायिक साझेदारीः
किसानहरूको साथ आउने समय हो, बिरूवा धड्डी र मानसून कभभ तुको सुरुवात मनाउँदछन्।
चुनौतिहरू र भविष्यको दृष्टिकोणः
विविध उत्पादनः
धान उत्पादनले सामान्यतया बढेको छ भने वर्षा र संसाधनको लागि पहुँच जस्ता कारकहरूको कारण उत्पादकताका साथ उत्पादक भिन्नताहरू छन्।
निर्भरता आयात उत्पादन बढाउने प्रयासको बाबजुद नेपालले अझै पनि चामलको महत्त्वपूर्ण रकम आयात गर्दछ।
निरन्तर अभ्यासहरूः
मौनता अब मौन–रूचिको प्रबर्धन र निरन्तर धानको उत्पादन बढाउँदैछ।
सरकारी पहलः
सरकारले धान उत्पादनलाई बढावा दिन कार्यक्रमहरू कार्यान्वयन गरिरहेको छ, सामुदायिक बीज बैंक र आधुनिक विपत्तिहरू प्रयोग गर्ने।
धानको उत्पादनमा निम्न कुराहरूले असर परेको छः
युवा जनशक्ति पलायन।
खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु।
आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु।
सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण।
उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदान नहुनु।