पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको ओखलढुंगामा मृत्यु भएको छ । शुक्रबार दिउँसो ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–२ सतलुङमा स्थित सिंचाई पोखरीमा डबेर ११ बर्षिय बालक हिमाल बसेलको मृत्यु भएको हो ।
रामेछापको रामेछाप नगरपालिका–२ देउराली घर भएका हिमाल बिगत ७ बर्ष देखि मावली घर लिखु गाँउपालिका–२ सतलुङमा हजुरबुवा टेक बहादुर मिजारको घरमा बस्दै आएका थिए ।
मावलीघरबाट खेल्न बाहिर गएकोमा अबेरसम्म पनि घर नफर्किए पछि खोजतलास गर्दे जाने क्रममा हजुरबुबाले घर देखि अन्दाजी दुई सय मिटर पूर्व सिचाइको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबि मृत अवस्थामा राति फेला पारेका हुन् ।