सुनापति गाउँपालिकाको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

सुनापति गाउँपालिकाको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार(आज) गाउँ सभाको १८ औँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

नीति तथा कार्यक्रममा एग्रो टुरिजम र ईको टुरिजमलाई व्यवस्थित गरिने, बाँझो जमिन उपयोग गर्न कम्तीमा १०० देखि ५०० रोपनी सम्मको जमिनमा व्यावसायिक खेती गर्न चाहेन कृषक समुह,कृषि सहकारीर कृषि फार्मलाई अनुदानको व्यवस्था गरिने बताइएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीलाई मध्यनजर गर्दै राष्ट्रिय परिचय पत्र वितरण वडा तहमै लैजान जिल्ला प्रशासनसँग सहकार्य गर्ने,एक घर एक बगैँचा कार्यक्रम सञ्चालन गरी मौसमी तथा बेमौसमी फलफूल, तरकारी, नगदे बाली र बुद्ध चित्त माला उत्पादन गर्न अनुदानसहित प्रोत्साहन गर्ने,बेरोजगार युवा लक्षित ‘बाँझो जमिन उपयोग’ कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सिप सम्बन्धी जानकारी तथा सिप प्रदर्शनीको लागि सिप मेलाको आयोजना गर्ने, थाङ्का, पेन्टिङ, गलैँचा उत्पादन, चिया प्रशोधन लगायत साना तथा घरेलु उद्योगको स्थापना गरी आन्तरिक युवा रोजगारी सिर्जना गर्ने कुरालाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आगामी आ.व.को बजेट यहि असार १० गते सार्वजनिक गरिने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार