रामेछाप नगरपालिका वडा नं ८ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ८ ले चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि हालसम्म सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव दिपा बरालले जानकारी गराउनुभयो ।

वडाले चालु आबको हालसम्मको अवद्यिमा ७ लाख ५४ हजार ९ सय ७८ रुपैयाँ राजश्व संकलन गरेको छ । वडाले यो अवद्यिमा १ सय ५५ जनाको जन्मदर्ता,३३ जनाको मृत्यु दर्ता,१८ जोडिको विवाह दर्ता,५ जोडीको सम्बन्ध विच्छेद,११ घरपरिवार बसाई सरी गएको र ३ घरपरिवार बसाईसरि आएको सहित २ सय ४३ घटना दर्ता गरेको हो ।

वडाले समयमा योजनाहरु सम्झौता नहुनु,योजनाको काम सम्पन्नमा ढिला सूस्ती हुनु,कार्यालयमा कार्यकक्षहरुको अभाव हुनु,अन्लाईन प्रविधिमा समस्या आउनुलाई चुनौतीहरु मानेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरु प्रह्लाद घिमिरे,सूर्य बहादुर माझी,बद्रि शाही,गंगा तामाङ्ग,दुर्गा बहादुर खड्गी,शिवशरण श्रेष्ठ,जय बहादुर पोखरेल,पूर्ण बहादुर शाही,रेजिना शंकर,इन्दिरा शाही,आरती नेवा खड्गी लगायतले विविध विषयमा प्रश्न गरेका थिए । उनिहरुले विपदले निम्त्याएको क्षति,कृषी,पशुपालन,सडक,खानेपानी ,शिक्षा लगायत विभिन्न विषयहरुमा रहेर प्रश्न,जिज्ञास र गुनासोहरु राखेका हुन ।

सहभागीहरुको प्रश्नको जवाफ नगर प्रमुख लबश्री न्यौपाने र वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले दिनुभएको थियो । नागरीकहरुको प्रश्नको जवाफ दिदै नगर प्रमुख न्यौपानेले नागरीकहरुकोे आवश्यकता,चाहना र माग अनुसार नै नगरले काम गर्दै आएको बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले नगर तथा वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरीहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिन सक्ने बताउनुभयो ।

वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले वडाले निशुल्क स्वास्थ्य बिमा,निशुल्क एम्बुलेन्स संचालन,बालमैत्री वडा घोषणा जस्ता लोकप्रिय अनि महत्वपूर्ण कामहरु गरेको बताउनुभयो । उहाँले सम्वृद्ध वडा बनाउन यहाँका नागरीकहरुको साथ र सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो ।

कार्यक्रममा वडास्तरीय विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधी,पत्रकार र नागरीकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार