बाढीको जोखिमबाट सतर्क रहन रामेछाप प्रशासनको आग्रह

बाढीको जोखिमबाट सतर्क रहन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी नदी किनारमा वसोवास गर्ने नागरीकहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विहिबार एक सार्वजनिक सूचना जारी गर्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म भारी बर्षा हुने र त्यसबेला सुनकोशी नदीमा बाढीको उच्च जोखिम हुने भएकाले सुनकोशी आसपासको क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रकाश प्रधानले हस्ताक्षर गर्नुभएको सूचनामा भनिएको छ,सुनकोशीमा बाढी आउदा रामेछापको सुनापति गाउँपालिका,खाँडादेवि गाउँपालिका ,मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको नदी किनारको बस्तीमा जोखिम हुनक्ने सम्भावना रहेकाले नदीको तटिय क्षेत्रमा बसोबास गर्ने नागरीकलाई सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार