रामेछापको बोलङ बोलङमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

रामेछापको बोलङ बोलङमा सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ

रामेछापमा धारिलो हतियार प्रयोग गरी सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन् । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ बोलङ का २९ वर्षीय लव कुमार थापामगरलाई हत्या गरेको आरोपमा उनका भिनाजु नाता पर्ने ५० वर्षीय बिनोद कुमार यसमाली पक्राउ परेका हुन् ।

यही जेठ २७ गते लव कुमार थापामगरको घरकै कोठामा बसिरहेको अवस्थामा हत्या भएको थियो । घटनापछि सोही दिन राती रामेछाप नगरपालिका–५ रामपुर कोलन्जोरघाटबाट विनोदकुमार पक्राउ परेका थिए । लव कुमार र बिनोद नाताले सालो भिनाजु हुन् ।

हत्या अरोपमा पक्राउ परेका उनलाई रामेछाप जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अुनसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । मृतकको शव पोष्टमार्टमपछि आफन्तले दाहासंस्कार गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार