रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको १४ वटै वडा बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार (आज) नगरपालिकाको सबै वडाहरुलाई एकैसाथ बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गरिएको हो ।
सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन भैसकेपछि सबै वडालाई एकैदिन बालमैत्री घोषणा गरिएको मन्थली नगरपालिकाका उपप्रमुख इश्वरी बस्नेतले बताउनुभयो । बालमैत्री घोषणालाई दिगोपना दिन सबैको भुमिका महत्वोपुर्ण हुने उहाँले बताउनुभयो । यसको कार्यान्वयनमा सबै एकजुट भएर लाग्न पनि उपप्रमुख बस्नेतले आग्रह गर्नुभयो ।
मन्थलीका १४ वटै वडाहरुले बालमैत्री स्थानिय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका सबै वडा बालमैत्री वडा घोषणा भएको हो ।
घोषणा कार्यक्रममा सहभागीहरुले बालमैत्रीलाई दिगोपना दिन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन । वडा घोषणा पश्चात बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइने र उक्त प्रतिवेदन अनुमोदन भएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने छ ।
मंगलबार रामेछाप नगरपालिकाका ९ वटै वडा बालमैत्री घोषणा भएका हुन ।