मन्थली नगरपालिकाको १४ वटै वडा यहि जेठ २८ गते बालमैत्री घोषणा हुँदै

मन्थली नगरपालिकाको १४ वटै वडा यहि जेठ २८ गते बालमैत्री घोषणा हुँदै

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको १४ वटै वडा यहि जेठ २८ गते बालमैत्री घोषणा हुँदैछ । सबै वडाहरुको सूचक पुरा भएर जिल्ला समन्वय समितिबाट अनुगमन समेत भैसकेकाले सबै वडालाई एकैदिन बालमैत्री घोषणा गर्न लागिएको नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।

१४ वटै वडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका १४ वटै वडा बालमैत्री वडा घोषणाका लागि जिल्ला समन्वय समितिले अनुगमन गरिसकेको छ ।

सबै वडाहरुले बालमैत्री घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेको हो । वडा घोषणा पश्चात बाग्मती प्रदेशमा सबै प्रतिवेदन पठाइने र उक्त प्रतिवेदन अनुमोदन भएपछि नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । असार महिनासम्म नगरपालिकालाई नै बालमैत्री घोषणा गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार