रामेछापको खाँडादेवी गाउँपालिकाले शिक्षा,स्वास्थ्य,सडक,कृषि,खानेपानी लगायत विकासको मुख्य पूर्वाधारहरुलाई प्राथमिकता दिएर काम गरिरहेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनको लागी समेत काम गरिरहेको छ । खाँडादेवी मन्दिर अवस्थित यो पालिकामा देखिनेगरी विकासका कामहरु भएका छन । हरेक वडा तथा टोलबस्तीसम्म सहजै पुग्न सकिने सडक निर्माण गरिएको छ ।
गाउँपालिकाको मुख्य सडक कालोपत्रे भएको । वितेको दुई वर्षमा शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको छ । विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत सुधार हुँदै गएको छ । खाँडादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि के के कामहरु भयो ? चुनावी बाचा कति पूरा भयो कति बाँकि छन् ? भन्ने विषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :
आजभोली के मा व्यस्त हुनुहुन्छ ?
बैशाखदेखि नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्ने सन्दर्भमा गर्तवर्षको बस्ती स्तरबाट माग के छ, गत वर्षको बजेट विनियोजित पछीको काम कस्तो भयो, सम्पादन कस्तो भयो, भुक्तानीको अवस्था के छ ? भन्ने कुराको छलफल तथा अगामी वर्षको लागि बजेट कसरी बिनिजयोति गर्ने भन्ने कुरामा समय विताइरहेका छौँ ।
विकास निर्माणको काम के कसरी भइरहेको छ ? केकति विकास भयो तपाईको गाउँपालिकामा ?
जनताको धेरै खालको चाहाना छन् । स्थानीय सरकारले केकति विकास गर्यो ? भन्ने कुरामा सबैले आउदा देख्ने गरी हेर्न सक्ने खालका कामहरू एकदमै न्यून छ । जनताका आधारभूत तहका समस्या यति धेरै छन् कि ? एक टोलबाट एउटा माग मात्र होइन कि एक घरबाट दुईतीन वटा माग आउने गरेका छन् । गाउँपालिकामा ५ हजार घरधुरी छन् । मागहरू सबै मसिना खालका आउछन् । सबैलाई चित्त बुझ्दो सम्वोधन गर्न खोज्दाखोज्दै टुक्रे आयोजना हुन जान्छन् त्यस्तै ३÷४ सयको हाराहारमीमा । केहि समपुरकका वर्षमा २/३ वटा भन्दा ठूला काम नहुने स्थिति छ ।
पालिकालाई एक खालका निर्वाहमूखी कृषि प्रणाली जीवन प्रवाहबाट व्यवसायिक गर्नु पर्छ भनेर निश्चित क्षेत्रलाई केन्द्रिकृत गर्न कोशिस गरिएको थियो । खासगरी कृषि र पशुको क्षेत्रमा लागनी गर्ने भनेर आर्थिक उद्यमता साथ कृषिको वर्ष भनेर केन्द्रित गर्ने प्रयास गरियो तर जनताले खासै ठूलो चासो देखाएनन् किनकी यहाँ बसाई सराईको ठुलो समस्या भएको छ र सुख्खा क्षेत्रमा उत्पादनको कमी तथा लागत बढ्ने भएकाले मान्छेहरूको चासो कम भएको देखियो ।
दोस्रो वर्षबाट शिक्षाको वर्ष भनेर शिक्षा भनेर लगानी गरियो । यो तीन वर्षमा शिक्षामा १० गुणा उचाई मा पुर्यायौँ । भौतिक पूर्वाधार विकास भनेर जनताले पूर्वाधारलाई मात्रै लिइरहेको छ । भौतिक पूर्वाधार विकासमा भौतिक पूर्वाधार मात्र होइन मानव शुसासनको अवस्था कस्तो छ ? जनताको स्वास्थ्यको स्तर कहाँ छ ? सुरक्षाको स्तर कस्तो छ ? शुसासनको अवस्था कस्तो छ ? विपत्त न्यूनिकरणको लागि जोखिम न्यूनिकरण कतिको गरिरहेको छ ?
यस्ता कुरादेखि लिएर सम्पूर्ण कुरा जोडिदा पनि हामीले की त गरिरहेका छौँ तर ठूला ठूला आयोजना के गयौँ त भनेर भन्दा ट्याक्कै भन्न सकिने अवस्था छैन । बुँदामा ट्वाक्कै दिदा हामीले शिक्षाको क्षेत्रमा हामी आउदा कक्षा ८ को नतिजा ४.७५ मात्रै थियो । हामीले अहिले ४८ प्रतिशत कटाएका छाँै । आर्थिक क्षेत्रमा व्यक्तिको घरमा आधुनिक खालको खोर बनायौँ । ५० हजारभन्दा बढी लागतको बाख्रको खोर बनेको छ पालिकाको लगानीमा । एउटा खोरमा ५७ वटा सम्म बाख्रा राखिएको भेटियो । कृषिको कुरामा ठूलाठूला फार्महरू बन्न सकेनन् । सुनकोसी र तामाकोसीको किनार सुख्खा छ ।
केहि ठाउँमा चिसो छ तरखेतियोग्य जमीन कम छ । सुनकोसीमा आएको बाढीले धेरै फाटहरू बगाइदिए । बाढीले फाटखेत बगाएकाले उत्पादन् झन् घटेको छ । च्यासिङटार र गागलबो टार दुई फाटहरू छन् । त्यहाँ उत्पादन ठिकठिकै छ । सुख्खा क्षेत्रको अवस्था एकदमै कमजोर छ । थोपा सिंचाईको कार्यक्रम राखेर प्रारभ्भ गरिरहेको छु । विकास के कस्तो रह्यो भन्दाखेरी मन्दिर कति बने ? स्कुल कति वने ? अस्पताल कति बने ? भन्ने कुरा गौण विषय हो । शिक्षाको कुरा गर्दा नेपालमा नेपाल सरकारले सामुदायिक विद्यालयहरू चलाईरहेको छ ।
केहि केहि पहिलाका सरकारी विद्यालय पनि छन् । सामुदायिक तथा सरकारी विद्यालयमा बढी राजनीति हुने, शिक्षकहरूले पेशागत सुरक्षाको कुरा गरिरहदा पुरानो शिक्षकको संख्या बढी र युगअनुसार अपडेट हुने र अपग्रेड हुने कोशिसका लागि शिक्षा जीवनपयोगी हुनु पर्यो भनेर हामीले व्यवसायिक शिक्षाको कुराहरू गर्यौँ । गर्दागर्दै पनि आज शिक्षाको नतिजा हेर्दा शिक्षामा जति लगानी छ त्यो अनुसारको उत्पादन पटक्कै भएको छैन । उपलब्धि प्राप्त भएको छैन । दुर्गम विकट गाउँहरू छन् ।
विद्यालयहरू धेरै छन् । विद्यार्थी झन्झन् कम हुँदै गएको छ । राज्यले पाँच कक्षासम्मको विद्यार्थीलाई मात्र खाजा खुवाउने चलन थियो हामीले शिक्षाको वर्ष भन्दै ६ देखि १० कक्षाका विद्यार्थी सबैलाई खाजा खुवाउनका लागि एक व्यक्ति २० रुँपैया अनुदान दियौँ । अनुदान दिएकाले दिउँसो खाजा खाने सम्भावना भयो । पकाउने मान्छेलाई भत्ता दियौँ । ७ बजे देखि बेलुका ६ बजेसम्म १२ घण्टा पढाउदा विषयगत शिक्षक पनि चाहियो ।
विषयगत शिक्षकहरूको लागि एक क्लास बरावर १०० रुपैया दिने नीति पनि बनायौँ । यसरी शिक्षामा केहि सुधार भएका छन् । आवासीय भवन विद्यालय पनि बनाइरहेका छौँ । सुख्खाग्रस्त क्षेत्रको जनतालाई भटौली खोलाको खेर गएको पानी खुवाउने भनेर लागिपरिरहेका छौँ तर प्राविधिक हिसाबले यो वर्ष पनि सम्पन्न गर्न सकेनौँ । सूचारु भइरहेको छ । चिप्ले ढुङ्गाको पानी ल्याएर खुवाउने कोशिस पनि भइरहेको छ । मैले प्रश्नको समग्रतामा स्थानीय सरकारले साना पूँजीबाट जनताका आवश्यक विकासका कामहरू गर्ने कुरामा सेवा दिने, केही पूर्वाधार विकास गर्ने, संस्कार रुपान्तरण गर्ने कोशिस गरिरहेका छौँ ।
तपाईंले घोषणा गर्नुभएको चुनावी बाचा कति पूरा भयो कति बाँकि छन् ?
घोषणा पत्रमा पहिलो प्राथमिकता एकिकृत आवासको कुरा गरेको थिए त्यो सर्भे हुँदैछ । पालिका आसपासको क्षेत्रमा १ हजार मानिसलाई स्तान्तरण गर्न सक्ने गरी सुरक्षित र सुविधा सम्पन्न गाउँपालिकाको एड्भान्स किसिमको सिटी ग्रामिण शहर बनाउने पहल गरिरहेको छु । धुस्कुट, पाल्दुङ, सुनडाँडा, आङ्सिङतिरका मान्छेहरूलाई नागि क्षेत्रमा सुरक्षित आवासको घोषणा पालिका बैठकमा गरेँ । गाल्पा बजारको अव्यवस्थित बस्तीलाई व्यवस्थित सुकुम्वासी समस्या समाधान आयोगलाई भूमि समस्या समाधान आयोगलाई त्यो मार्फत् आधुनिक शहर बनाउने, खाँडादेवीको मात्र नभई दोरम्वा र सुनापातीको व्यवसायीलाई पनि सुरक्षित ठाउँ हाम्रो गाल्पा हो ।
गाल्पा बजारमा आधुनिक खालको शहर बनाएर ३ सय घर जतिको व्यवस्थित शहर बनाउन म लागिरहेको छु । सित्खा बजारमा त पुल मात्र जोगिएको छ । शिक्षामा ३ वर्षे उपलव्धि कक्षाको ८ को नजिताको रेकर्ड प्राप्त भएको छ । स्वास्थ्यमा धेरै कुरा छन् । जनतालाई सबै कुरा सुविधा पहिला पनि थियो अव पनि अझै राम्रो गरी मेडिकल ड्रोनको कुरा र परीक्षण सम्पन्न गरेको छु । मोबाइल हस्पिटल २ वर्षदेखि बनाउन कोशिस गरेको कानूनी प्रक्रियाले गर्दा अली अफ्टेरो भएको छ । हाम्रो ट्याङ्करलाई मोबाइल हस्पिटलको आकार बनाइसकेँ तर कानूनी जटिलताले मोडिफाइ गर्ने प्रदेशबाट प्राप्त नभएर मोबाइल हस्पिटल चल्न पाइरहेको छैन ।
पहिला र अहिलेको अनुभूतिमा सामाजिक सञ्जालतिर देख्नुभयो भने थोरथोरै असन्तुष्टि पनि देखिएका छन् खाडादेवीमा । मैले सुशासन प्रत्याभूत गर्नु पर्ने कुरा लोकतन्त्रको प्रमुख कुरा हो गुड गर्भमेन्स । यो काम दिनको लागि शुरुमा कानून बनेको थिएन । स्थानीय सरकार एक हिसाबमा सामान्य हिसाबमा चल्यो । जनताले जे माग्छ त्यो फ्याटफ्याट मागेको बेलामा दिने व्यस्था थियो अहिले चाहि गाउँ सभामा निर्णय गराएर नीति तथा कार्यक्रम अनुसार मात्रै गर्ने गरिरहेको छु । यसले गर्दा के काम भएको छ भन्दा विधिको शासनलाई लागू गर्ने काम भएको छ । सुशासनको क्षेत्रमा प्रत्याभूति भएको छ । नागरिकहरू सचेत भएका छन् ।
विधिबाट गर्नुपर्छ सरकारी पैसालाई सिस्टमबाट पारदर्शी हिसाबले खर्च गर्नुपर्छ भन्ने सचेतनताको निर्माण गरेको छु । स्वास्थ्यको क्षेत्रमा खाँडादेवीमा बस्ने जनताहरू सुरक्षित बस्ने थप केहि कदमहरू चालेको छु । कृषि र पशुको क्षेत्रमा पनि कोशिस गरिरहेको छु । थिम के छ भने नेपाली जनतालाई खाने र लाउने कुरामा आत्मनिर्भर बनाउनु पर्यो भन्ने मेरो मान्यता छ । खाँडादेवी मन्दिर हिन्दुहरूको लागि एमदमै महत्वपूर्ण मन्दिर हो । धर्म युगमा, सत्य युगमा पनि अशुरहरूको जन्म भए उनीहरूले राज्य संचालन गरे ।
अपराधको श्रृङ्खला धेरै भए पछि त्यो बेला देवीहरूले दैत्यहरूलाई विनास गरेका, लडाई गरेको मुक्त क्षेत्र त्यहि पुन्य भूमि पनि हाम्रो खाँडादेवी मन्दिर हो । सुम्भनिशुम्भको अन्त्य गरिएको कथाहरू छ यहाँ । हिमवत खण्ड, देवी भागवतमा उल्लेख गरिएको खाँडादेवी मन्दिरमा लाखौँ भक्तजनहरू आएका छन् । यसलाई केन्द्रित गरेर पर्यटन पनि विकास गर्दैछौँ । पहिले र अहिलेमा के भिन्नता भयो भने युग अनुसार पछिल्लो चरण एड्भान्स हुँदै जान्छ । गाउँमा दैनिक बजेट घट्दै गएकाले आमुल परिवर्तन देखाउन त गाह्रो छ तर पनि स्रोत र साधनको उपयोगबाट केहि परिवर्तन भएको सुधार भएको अनुभूति जनताले गरिरहेका छन् भन्ने मैलाई लागिरहेको छ । एक खालको छाप छोड्नु पर्छ भनेर मैले तयारी गरिरहेको छु । घोषणा पत्रमा भएका सबै प्रतिवद्धता अनुसार नै काम गरिरहेको छु ।
काम गर्ने क्रममा कस्ता खालका चुनौतिहरू खेपिरहनु भएको छ ?
एकदमै अफ्ट्यारो प्रश्न सोध्नुभयो अन्तिममा । स्थानीयतहमा जनताको सरकारसँग जनताले सिधै भेट्न पाउने भइहाल्यो । जनताको अपेक्षा धेरै छन् । जनता भन्दा पनि अगुवा सचेत मान्छेहरूको उपस्थिति छ । लोकतन्त्रको नाममा पारदर्शी व्यवस्था भनिएको छ । सूचनाको अधिकार भनिएको छ । अलिकती अराजकता छ । जनताहरूले फेसबुकमा जे मन लाग्यो त्यहि लेख्ने, बास्तविकता बुझ्न कोशिस नगर्ने, लक्ष्य के छ नबुझने, तत्काल आजको विषय हेरेर पाच्चपुच्च बोल्ने, राम्रा कुराको पनि टिपणी गर्ने भन्दा पनि त्यसको आलोचना गरिहाल्ने, पारदर्शिता अख्तियार दुरुपयोग अनुसन्धान अख्तियार प्राप्त व्यक्तिहरूले, शासकहरूले, ठूलाले गरिबहरूमाथि शोषण गरिरहेको छ कि ?
निदर्यीहरूले आवाज बुलन्ध गर्न नसकेको हो कि ? भनेर विना प्रमाण बेनामी उजुरी गर्न पाइने भन्ने हामीले बनाएको तल्लोतहको विपन्न पिडित नागरिकको लागि दिएको अधिकारको अली बढी दुरुपयोग गरे । व्यक्तिगत आकाङ्छाले कसैको मन नपरेको मान्छेलाई विना प्रमाण पनि अख्तियारमा उजुरी हाल्दिएर दुःख दिने काम भइरहेको छ । कर्मचारीलाई झण्झट दिइराखेको छ । राजनीतिककर्मीलाई दिमागमा अनावश्यक तनाव जस्तो भइरहेको स्थिति छ । ९९ प्रतिशत विद्यालयले राम्रो गर्दा गर्दै पनि खाडाँदेवी गाउँपालिकामा १०० प्रतिशत उत्र्तिण गर्ने विद्यालयलाई प्रशंसा गर्नु भन्दा पनि एउटा स्कुलले १० प्रतिशत मात्र ल्याए भने पनि यसलाई हाइलाइट गरेर नमारात्मक टिप्पणी गर्दा नकारात्मक फिलङ्स त भैहाल्छ ।
जनताका अपेक्षा आकांक्षा यति धेरै हुन्छन् । सीमित स्रोत र साधन भएका कर्मचारी संयन्त्रहरू छन् । दुर्गम क्षेत्र भएपछि ए ग्रेडको सेलेक्टेड मान्छेहरू पनि कम हुन्छन् । सेवा सुविधा सम्पन्न भएका ठाउँमा धेरै नम्बर ल्याउनेहरूले लिने र घर पायकका सेवा सुविधा लिन खोज्दा खेरी कर्मचारीहरू सरुवा हुने कोशिस गर्ने । करारमा लिएका स्थानीयहरूले हामीले भन्दा पनि राम्रो काम गर्नु पर्ने भन्ने हाम्रो अपेक्षा हुन्छ तर उहाँहरूसँग बसेर हेर्दा मनोवल धेरै उठेको नहुदो रहेछ । स्थायी कर्मचारी सुरक्षित छ । हामी त स्थायी आए पछि त हट्नु पर्छ नि भन्ने मनोवल उच्च नभएको देख्दा हामीले जे अपेक्षा राख्छौँ त्यो पूरा भएको छैन ।
हामी आजको काम आजै सकाउ भनेर लागिपरिरहेका छौँ कर्मचारीहरू चाहि आफ्नो सेड्युलमा काम गर्ने भएकाले चुनौतिहरू धेरै छन् । म कति खुसी छु भनौ भने त्यति धेरै राम्रो सहयोग हुँदाहुँदै पनि मेरो चाहाना पूरा भयो त ? भन्दा म सत्प्रशित छुइनँ । चुनौति के छन् भने जटिल खालको भूगोल छ सीमित स्रोत छ । स्थानीय आयस्रोत छैन । यसले गर्दा सोचे अनुसारको काम भएको छैन । चुनौतिहरू सामान्य रुपमा धेरै छन् तर चुनौति भयो भनेर म पन्छिन मिल्दैन । जनताले निर्वाचित गरिसकेपछि म ठाउँ अनुसारको जनप्रतिनिधि भएकाले जेजति छन् सोही अनुसार ठिक पारेर अघि बढ्न म मा कुशलता चाहियो । जटिल परिस्थितिमा यस्तो उस्तो भन्नु भन्दा पनि मैले सबै कुरा मिलाएर गइरहेको छु ।
पालिकाका बासिन्दालाई के भन्न चाहनु हुन्छ ?
पालिकाबासीहरूलाई मैले घरमै गएर केहि कुरा भन्न सकिरहेको छुइनँ । निर्वाचनको बेला घरदैलो जाने कोशिस गरेँ तर प्रत्येकको घरमा पुग्न सकिनँ । सार्वजनिक रुपमा हिजो आजको सहजखालको प्याटफर्म जनतालाई जनताको पहुँचमा एकखालको युवाहरूकोबीचमा पुगेर सामाजिक सञ्जाल फेसबुकबाट अपडेट गरिरहेको छु । बुढापाका वृद्ध बाआमालाई म के भन्न चाहान्छु भने मैले ग्रामिण अर्थतन्त्रलाई सुधार गर्ने मेरो योजना छ । हामी जहाँ बसेका छौँ जहाँ हाम्रो घर छ । त्यहि ठाउँमा विकास दिने कोशिस गरिरहेको छौँ ।
सडक, विद्युत, स्वास्थ्य, खानेपानी सबै पुर्याउने कोशिस गरिरहेका छौँ तर दिननानुदिन युवाहरू गाउँमा नभएकाले त्यो घरमा भोली को बस्छ ? भन्ने पिर भइरहेको छ र, हाम्रो लगानी खेर पो गइरहेको छ कि ? आधुनिक खालको सुविधा सम्पन्न आवास क्षेत्रहरू तोकेर निर्माण गर्ने कुरा गरिरहेको छु त्यो हुनाले आजको लागि होइन भोलीको लागि काम गरिरहेको छु । आज पाकेको खानेकुरा खानुभन्दा पनि भोली खाने कुराको सुनिश्चिचताको लागि अहिले बिरुवा रोपौँ । हुर्काउ । बढाऔँ ।
भविश्य सुनिश्चित हुनुपर्छ भन्ने मान्यतामा काम गरिरहेको छु । भोका पुस्ताहरू अहिले पेटभरी खान मात्र लागिपरिरहेका छन् । घरकी आमाले अहिले फलेको खानेकुरा एकैपटक सकाउदैनन् । एक वर्ष भरी खाएर पनि विऊको रुपमा जोगाउछिन् । ती खाद्यन्नले व्यवस्थापन हुन्छ भनेर एक वर्षको प्लान गर्दा गर्द पनि अर्को ३÷४ महिना खडेरी बाढिपहिरो लागे पनि कसरी बाच्ने भनेर थोरै अन्नलाई जोहो गर्ने, धानहरूलाई भकारीमा राख्ने, मकै कुन्युमा राख्ने, थाक्रामा राख्ने ।
यो हाम्रो परम्परा हो । यो परम्परा अन्र्तगत आज २१ औँ शताब्दीको आधुनिक युग भए पनि, एआइको दुनिया आएपनि, थेउरी त थेउरी नै हो नि ? सिद्धान्त त तेहि हो नि ? यही अनुसार खाँडादेवीको जनताले मलाई अध्यक्षको रुपमा नियुक्ति गरिसकेपछि म संस्कार रुपान्तरण गर्ने कोशिस गरिरहेको छु । राज्यले जसरी पनि कागज मिलाएर प्राप्त गर्ने र यसलाई पचाउने भन्ने मानसिकता एक खालको पञ्चायत सकिएर बहुदल आए पनि त्यो संस्कारलाई तोडेर उत्पादनमुखी लगानी गर्ने, त्यसलाई जोगाउने र हामीले गरेको काम आजलाई होइन भोलीलाई हुनुपर्छ भन्ने मेरो नीति अनुसारको म काम गर्ने कोशिस गरिरहेको छु । यो कुराको लागि तमाम जनतालाई साथ दिन अपिल गर्न चाहान्छु ।