यहि जेठ २३ गते रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

यहि जेठ २३ गते रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

रामेछाप अस्पतालमा यहि जेठ २३ गते वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यो शिविरमा विभिन्न रोगहरुसँग सम्बन्धित विशेषज्ञ डाक्टरहरुबाट निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण हुनेछ ।

रामेछाप नगरपालिका र रामेछाप अस्पतालले एक सूचना जारी गर्दै मौकाको फाइदा उठाउन बिरामीलाई आग्रह गरेको हो । स्वास्थ्य शिविरमा हार्डजोर्नी विशेषज्ञ सेवा,मानसिक स्वास्थ्य विशेषज्ञ सेवा,बाल रोग विशेषज्ञ सेवा,स्त्री तथा प्रसूती रोग विशेषज्ञ सेवा,नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा,शल्यक्रिया चिकित्सा विशेषज्ञ सेवा,छाला रोग विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

यसैंगरी श्वासप्रश्वास विशेषज्ञ सेवा,इन्टरनल मेडिसिन विशेषज्ञ सेवा,जनरल मेडिसिन विशेषज्ञ सेवा,आँखा रोग विशेषज्ञ सेवा,फिजियोथेरापी स्वास्थ्य सेवा,फर्मेशी सेवा,ईसिजी सेवा,भिडियो एक्सरे सेवा,फोक्सोको जाँच लगायत विभिन्न सेवाहरु शिविरमा प्रवाह हुनेछ । निजामति कर्मचारी अस्पताल,रामेछाप नगरपालिका र रामेछाप अस्पतालको आयोजनामा शिविर संचालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार