गणतन्त्र दिवस २०८२ को अवसरमा रामेछाप बजार सरसफाई गरिएको छ । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजार सरसफाई गरिएको हो ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई,नगर प्रवक्ता समिर कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङ्ग सहित नगरका कर्मचारी,प्रहरी,स्थानियको सहभागीतामा वृहत बजार सरसफाई कार्यक्रम भएको हो ।
सैनीक स्मृती पार्कदेखी भंगेरीसम्म सरफाई गरिएको छ । नगरपालिकाले नगर स्तरीय गणतन्त्र दिवस आयोजक समिति नै गठन गरेर विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।
३ दिन १४,१५ र १६ गते नगरका सम्पूर्ण सरकारी कार्यालय,संघसंस्था तथा बजार क्षेत्रमा राष्ट्रिय झण्डा मर्यादापूर्वक सजाउने र साँझामा दिपावली गर्ने कार्यक्रम रहेको छ । खुल्ला रक्तदान कार्यक्रम,फरक क्षमता भएका विद्यार्थीलाई उपयुक्त शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।
विटार पार्कमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर सजाउने व्यवस्था गर्ने नगरपालिकाले जनाएको छ ।