नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसः रामेछापमा फलफूल वितरण,दीप प्रज्वलन

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसः रामेछापमा फलफूल वितरण,दीप प्रज्वलन

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले स्थापना दिवको अवसरमा मंगलबार बिहान मन्थली अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

मन्थली अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीलाई स्याउ,केरा,जुस वितरण गरिएको नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो । साँझ विपी चोक मन्थलीमा दिवसको अवसरमा दीप प्रज्वलन समेत गरिएको छ ।

स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाईने अध्यक्ष श्रेष्ठले बताउनुभयो । केन्द्रले निर्धारण गरेको कार्यक्रम अनुसार जिल्ला शाखाले पनि अन्तरकृया,पत्रकारहरुको आँखा परीक्षण लगायतका कार्यक्रमहरु गर्नेे उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार