रामेछाप गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरे

रामेछाप गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरे

रामेछापको मन्थली नगरपालिका १२ गेलु एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार बेलुका ४: ३० बजे तिर ६१ वर्षका मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्र बुढाथोकीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले हत्या पश्चात् खिम्ती प्रहरी चौकीमा आत्मा समर्पण गरेका हुन् । मन्थली नगरपालिका ११ गेलु माइत रहेकी बुहारीलाई उनले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयहरूले बताएका छन् ।

श्रीमानले गत साउनमा आत्मा हत्यापछि पवित्रा माइत बस्दै आएको पारिवारिक श्रोतले जनाएको छ । उनको एक छोरा पनि रहेको छन् । उनलाई ससुराले छोरो आत्महत्या गर्नुको कारण मानेका थिए । मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । अदालतको आदेश अनुसार छोरो लिन ससुरा बसिरहेको घर पुगेकी उनीहरूबिच झगडा भएको र हत्या भएको स्थानीयले बताएका छन् ।

घटनाको बारेमा थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार