रामेछापको सुनापति गाउँपालिकामा तिव्र गतिमा विकास निर्माणको कामहरु भैरहेको छ । ५ वटा वडाहरु रहेको पालिकाको हरेक वडासम्म सहज रुपमा पुग्न सकिनेगरी सडकहरु निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीमा कालोपत्रे सडक छ । हिलेदेवी बजारलाई व्यवस्थित बनाइएको छ । हिलेदेवीमै अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । अब छिट्टै डाक्टर सहितको सेवा संचालनमा ल्याउने तयारी भैरहेको छ । खानेपानी,कृषि,पर्यटन प्रवद्र्धन जस्ता क्षेत्रमा गाउँपालिकाले लगानी गरेको छ । पालिकामा भैरहेको विकास र परिवर्तनहरुमा रहेर गाउँपालिका अध्यक्ष ठुलाकान्छा तामाङ्गसँग गरिएको कुराकानीको सम्पादित अंश :
विकास निर्माणको अवस्था कस्तो छ गाउँपालिकामा ?
अहिले स्थानीय सरकारले तिब्र गतिमा काम गरिरहेको छ । सडक, खानेपानी कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन लगायतका योजनाहरुमा काम भईरहेको छ । जुन शिर्षकमा बजेट छुट्टयाएको हो त्यो शिर्षकमा बजेट विनियोजन भएके थियो । ति कामहरु अब अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य क्षेत्रमा के के काम भईरहेको छ ?
१० शैंयाको अस्पताल निर्माण सम्पन्न भएको छ । सो अस्पताल उद्घाटन गरेर यो संचालनमा ल्याउने तयारी छ । स्वास्थ्य संस्थाहरुमा अरु कामहरु नियमित रुपमा चलिरहेको छ ।
शिक्षा क्षेत्रमा के काम भयो ?
तल्लो कक्षाबाटै शिक्षामा सुधार गर्दै लैजाने योजना अनुसार काम भैरहको छ । विद्यार्थी नभएका विद्यालय मर्ज गर्ने योजना छ । कक्षा ८,९,र १० कक्षाका विद्यार्थीलाई होस्टेलमा राखेर राम्रो संग पढ्ने वातावरण बनाउने विषयमा अविभावक,प्रधानाध्यापक,जनप्रतिनिधि शिक्षा शाखा सहित बसेर अन्तरक्रिया कार्यक्रम गरेर शिक्षालाई व्यवस्थित बनाउन लागि परेका छौं ।
कृषि क्षेत्रमा के के काम भयो ?
कृषि तर्फ पशु शाखाको भवन बनिसकेको छ । वडा वडामा उत्पादन भएका कृषि उपजहरुलाई कसरी बजारीकरण गर्ने,कसरी व्यबस्थित गर्न सकिन्छ भन्ने कुरामा हामी लागि परेका छौं । स्थानीय बजारमा जति बिक्रि हुन्छ र बाकि रहेका कृषि उपजहरुलाई बाहिर पनि लगेर बिक्रिबितरण गर्ने गरिन्छ ।
खानेपानीको क्षेत्रमा के के काम भयो ?
सुनापति गाउँपालिकामा आफु निर्वाचित भएर आईसके पछि जुन ठाउँमा पानीको आवाश्यकता छ त्यहि ठाउँमा पानीको व्यबस्थापन गरेका छौं । त्यस्तै ४ न.वडामा खानेपानीको समस्या थियो । डेढ् करोड रुपैया बजेट छुट्टयाएर सुनकोशी र खानिखोलाबाट बेथानटोलसम्म पानी तानेर पु¥याउने काम गरेका छौं । साथै अब एक घर एक धारा बनाउने अभियानमा छौं । त्यति काम मात्रै नभएर साना लिफ्टहरुको पनि काम गर्ने छौं । पानी भएको मुहानहरुमा पाईप जोड्ने काम पनि गर्ने छौं । सुनापति गाउँपालिकाभरी बृहत खानेपानीको लागि संघिय सरकारबाट २० करोड बजेट परेको छ । दुई वर्ष भित्र वडा नं १ देखी वडा नं ४ को थाम डाडामा ट्याङकी बनाएर पानी बितरण गर्ने लक्ष्य छ । यसको लागि टेण्डर भैसकेको छ ।
विपद् व्यबस्थापनमा के के काम भयो ?
सानातिना विपद् भईरहने गर्छ तर असोज ११ र १२ गतेको बाढिपहिरोले खानिखोला आसपास कोशिको छेउमा क्षती पुगेको छ । यस्तो ठुलो विपद् आउछ भन्ने थाहा थिएन । विपद्कोषमा जम्मा ३० लाख मात्रै थियो,यो सँगै प्रदेशबाट ५० लाख माग गरेर ल्याएका थियौं । १ करोड ८० लाखले बाटो बनाउन,खानेपानी बनाउन जस्ता काममा खर्च भएको छ । हामीले सिचाँईका लागि केही गर्न सकिरहेका छैनौं ।
हामी फेरी हुन सक्ने विपद्को पुर्व तयारीमा छौं । विपद् समिति बनाई सकेका छौं । पहिलाको भन्दा पनि अहिले कुन ढंगबाट जाने भन्ने तयारी गरेका छौं । वन कार्यालय र पालिका बसेर जिल्ला प्रशासनसँग समन्वय गरेर विपद्मा के के गर्न सकिन्छ,कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढेका छौं ।
पालिकामा के कस्ता समस्याहरु छन् ?
पालिकामा समस्याहरु धेरै छन् ती समस्याहरुलाई एकैचोटि समाधान गर्न सकिदैन, आवश्यकता अनुसार पालिका तथा वडाले समाधान गर्दै जाने हो ।
आगामी योजनाहरु के के छन् ?
आगामी योजनाहरु अहिले नै बनिसकेको छैन । कुन विषयलाई प्राथमिकता दिने भन्ने विषयमा हामी छलफलमा छौं ।
महिला,बालबालिका,दलित,बृद्धबृद्धा,गरिबका लागि के कस्ता कार्यक्रम छन् ?
पछाडी परेका रोजगार नभएकाहरुलाई रोजगारको लागि सिपमुलक तालिम र महिलालाई गृहिणी शसक्तिकरण कार्यक्रम संचालन गरेको छौँ । पालिकालाई थाङका र गलैचा हब बनाउन सोही अनुसार सिप र उत्पादनमा काम भैरहेको छ । रोजगारीको लागि मात्रै नभएर सुनापति गाउँपालिको भोलिको समृद्धिको लागि पनि काम गरिरहेका छौं । यहाँ बनाएको गलैचाहरु पालिकाको तर्फबाट अन्तराष्ट्रिय स्तरमा पु¥याने योजना बनाएका छौं । सुनापति गाउँपालिकालाई रोजगारी,पर्यटन आर्थिक समृद्धिका लागि राम्रो बनाउने तर्फ हामी लागि परेका छौं ।
पर्यटन प्रवद्र्धनमा के कामहरु हुँदैछ ?
सुनापति गाउँपालिकामा होमस्टेहरु संचालनमा छन् । अहिले पर्यटनको लागि २ करोड बजेट छुट्टयाएर पर्यटन प्रवद्धनमा काम गरिहेका छौं । त्यस्तै १ सय ८ वटा लहरेमानेमा छोतेनमाने बनिसकेको छ । ४० फिटको शिवको मुर्ति पनि बनिसकेको छ । ५६ फुटको मछिन्द्रनाथ बन्दैछ । चिया बगानहरु बन्दैछन् । डम्फु पार्क बनेको छ । बाह्य पर्यटकहरु पनि आउने क्रम जारी छ ।