निशुल्क आँखा परीक्षण शिविरमा ६ सय बढीले लिए सेवा

निशुल्क आँखा परीक्षण शिविरमा ६ सय बढीले लिए सेवा

रामेछापको रामेछाप नगरपालिकाले ९ वटै वडामा पुगेर निशुल्क आँखा शिविर संचालन गरेको छ । यहि वैशाख ३१ गतेदेखी जेठ ६ गतेसम्म संचालन भएको शिविरमा ६ सय बढी आँखाका बिरामीले सेवा लिएका हुन ।

रेयुकाई मासुनागा नेपा काभ्रेको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक विष्णु बहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार वडा नं १ गोठगाउँमा भएको शिविरमा ५४ जनाले सेवा लिएका छन । वडा नं २ देउरालीमा भएको शिविरमा ५९ जनाले सेवा लिएका हुन ।

वडा नं ३ साँघुटारमा भएको शिविरमा १ सय १ जनाले सेवा दिएका हुन । वडा नं ४ हिमगंगामा १ सय ५८ जना,वडा नं ५ रामपुरमा ८२ जना,वडा नं ६ आख्रेनीमा ७४ जना र वडा नं ७,८ र ९ का नागरीकलाई लक्षित गरेर रामेछाप अस्पतालमा संचालन गरिएको शिविरमा ७८ जनाले सेवा लिएका हुन ।

शिविरमा ४३ जना मोतिबिन्दुका बिरामी फेला परेका हुन । २ सय ५७ जनालाई चश्मा वितरण गरिएको जनस्वास्थ्य निरिक्षक कार्कीले बताउनुभयो । उक्त शिविरमा युएसजी सेवा ३३ जना र भिआइए सेवा ४४ जनाले लिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार