सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम

सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम दिइएको छ । सो तालिम मंगलबार(आज)बाट सुरु भएको छ ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो ।

तालिमको उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख न्यौपानेले तालिममा सिकेको कुराहरुलाई सहकारी व्यवस्थापनमा लगाउन आग्रह गर्नुभयो । सहकारीहरु निती र विधिमा चल्नुपर्ने भन्दै उहाँले कुनै समस्या परे नगरपालिकासँग समन्वय गर्न समेत अनुरोध गर्नुभयो ।

दुई दिनसम्म चल्ने तालिममा बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघका कार्यक्रम अधिकृत बिमला पुडाशैनीले प्रशिक्षण दिनुहुनेछ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा नगरका ३० भन्दा बढी सहकारीका व्यवस्थापक तथा कर्मकारीहरुको उपस्थिती रहेको छ ।

यहि जेठ ४ र ५ गते सहकारी संचालकहरुलाई क्षमता विकास तालिम दिइएको रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालले बताउनुभयो । यस्ता तालिमहरुले सहकारी संचालक,व्यवस्थापक तथा कर्मचारीहरुलाई कार्य सम्पादनमा सहजता ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार