हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित युवा हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ परेका छन् ।

रामेछापको सुनापती गाउँपालिका ४ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ र काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ पक्राउ परेका हुन् ।

यही वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो।

सो घटनापछि फरार रहेका ५ जनालाई विभिन्न मितिमा पक्राउ गरेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनुभयो ।
पक्राउ परेका सबै अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धमा अनुसन्धान भईरहेको एसपी बोहोराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार