सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका पुरुष बेपत्ता

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका पुरुष बेपत्ता

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका एक पुरुष बेपत्ता भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ९ का वर्ष अन्दाजी ५० का कृष्ण बहादुर भुजेल नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका हुन । आईतबार दिउँसो २ः३० बजेको समयमा नदीमा माछा मार्न गएका भुजेल नदीमा डुबेका हुन ।

उनको खाजी कार्य जारी रहेको वडा नं ९ का वडाअध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी र स्थानियले सोमबार(आज) खोजि कार्य जारी राखेपनि भुजेललाई फेला पार्न नसकिएको उहाँले बताउनुभयो । उनि एक्लै माछा मार्न सुनकोशी नदीमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार