महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले रामेछापको मन्थली नगरपालिकामा सबैभन्दा कम बेरुजू देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले जिल्लाको ८ वटा पालिकाहरुमध्ये मन्थली नगरपालिकाको बेरुजू कम र गोकुलगंगा गाउँपालिकाको बेरुजू बढी देखाएको हो ।
प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको बेरुजू ७४ लाख १ हजार अर्थात ०.३४ प्रतिशत रहेको छ । रामेछाप नगरपालिकाको ८७ लाख ५४ हजार अर्थात ०.५० प्रतिशत बेरुजू देखिएको छ । उमाकुण्ड गाउँपालिकाको ९९ लाख ८१ हजार अर्थात ०.८० प्रतिशत बेरुजू देखिएको छ ।
खाँडादेवी गाउँपालिकाको २ करोड २९ लाख ७८ हजार अर्थात १.६८ प्रतिशत ,दोरम्वा शैलुङ्ग गाउँपालिकाको १ करोड ५२ लाख ४ हजार अर्थात १.३० प्रतिशत र लिखु तामाकोसी गाउँपालिकाको १ करोड १३ लाख ३० हजार अर्थात ०.७८ प्रतिशत बेरुजू देखिएको हो ।
यसैगरी सुनापती गाउँपालिकाको २ करोड ६६ लाख ३१ हजार अर्थात २.३२ प्रतिशत र सबैभन्दा बढी गोकुलगंगा गाउँपालिकाको ४ करोड ६७ लाख ५८ हजार अर्थात ३.७५ प्रतिशत बेरुजू देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पु¥याइएको कारोबार सम्झनुपर्छ ।