नेपाल शिक्षक संघ जिल्ला समिति रामेछापले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ ।
संघले ३५ औँ स्थापना दिवसको अवसरमा रामेछाप अस्पतालमा वेड भर्ना भएर उपचार गराई रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।
सोमबार(आज) अस्पतालका १५ जना बिरामीलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघ रामेछापका सचिव मेघ प्रसाद भट्टराईले बताउनुभयो ।
बिरामीहरुलाई स्याउ,केरा,जुस र बिस्कुट वितरण गरिएको उहाँले बताउनुभयो । नेपाल शिक्षक संघको ३५ औँ स्थापना दिवस मंगलबार(भोली) परेको छ ।