रामेछाप हिलेपानीका २५ जना कृषकलाई बेमौसमी तरकारी खेती सम्बन्धि तालिम

रामेछाप हिलेपानीका २५ जना कृषकलाई बेमौसमी तरकारी खेती सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीका २५ जना कृषकलाई बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिइएको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रा.लिले तालिम संचालन गरेको हो ।

७ दिने तालिममा तरकारी खेतीसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी गराइएको थियो । टनेला बनाउने तरिका,नर्सरीमा बिरुवा उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु,जैविक मल तथा विषादीको प्रयोग लगायतका कुराहरु तालिमबाट सिकेको कृषक मेनुका तामाङ्गले बताउनुभयो ।

तरकारी खेती गरिरहेको भएपनि प्राविधिक ज्ञान नहुँदा सोचे जस्तो उत्पादन नभएको उहाँले बताउनुभयो । मौसमी तरकारी तथा फलफूलहरु उत्पादन गरिरहेको भए पनि बेमौसमी तरकारी खेती भने नगरिएको उहाँले बताउनुभयो । अब बेमौसमी तरकारी खेतीलाई विस्तार गर्ने उहाँले बताउनुभयो ।

एक हप्तासम्म चलेको तालिमको सामेबार(आज) समापन गरिएको छ । तालिम समापन समारोहका प्रमुख अतिथी एवं रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले तालिममा सिकेको सिपलाई व्यवहारमा पनि उतारेर उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले नागरीकलाई सिप सिकाएर उद्यमी बनाउने उद्धेश्यले विभिन्न तालिमहरु संचालन गरिएको बताउनुभयो । नगरले निती तथा कार्यक्रम बनाउदा कृषकहरुसँग समेत सुझाव संकलन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । कृषकबाट आएका सुभावहरुलाई निति तथा कार्यक्रममा समेटिउहाँको भनाई छ ।

रामेछाप नगरपालिकाका उद्योग तथा राजश्व शाखाका प्रमुख हरिभगत श्रेष्ठले तालिम लिएकाहरुलाई सामुहिक रुपमा व्यवसायिक तरकारी खेती गरेर आम्दानी गर्न आग्रह गर्नुभयो । उहाँले मागमा आधारित व्यवसाय गर्न सके बजार खोज्न कुनै समस्या नपर्ने बताउनुभयो ।

ग्रामिण विजनेश प्रमोशन प्रा.लिका अध्यक्ष गुन्ज बहादुर कार्कीले नगरपालिकाले विश्वास गरेर आफ्नो संस्थालाई सिप विकास तालिमहरु संचालन गर्ने अवसर दिएको भन्दै हार्दिक आभार व्यक्त गर्नुभयो ।

रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभयो । सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँहरुले तालिममा सिकेको सिपलाई व्यवहारमा पनि उतारेर उत्पादनमा लाग्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार