रामेछापको उमाकुण्ड गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । उभौली पर्वको अवसरमा पालिकाले मंगलबार सार्वजनिक बिदा दिएको हो । सोमबार परेको उभौली पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।
उमाकुण्ड गाउँपालिकामा अधिकांश किराँत समुदायका सुनुवार जातिहरुको बासोबास रहेको छ । सोही कारण मंगलबार उभौली पर्व (स्याँदर पिदार) को अवसरमा सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार स्थानीय पर्व बिदा दिइएको जनाएको छ ।