रामेछापको सैपुमा आगलागीबाट एक घर जल्यो,एक जना घाइते

रामेछापको सैपुमा आगलागीबाट एक घर जल्यो,एक जना घाइते

रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको लिखुतामाकोशी–२ सैपुमा विद्युत् सट भएर गएराती आगलागी हुँदा स्थानीय चन्द्र बहादुर पौडेलको घर पूर्ण रूपमा जलेको हो । घरमा लागेको आगो निभाउने क्रममा चन्द्रबहादुर पौडेल घाइते हुनुभएको लिखुतामाकोशी–२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।

घाइते पौडेलाई बेहोस अवस्थामा उद्धार गरी अहिले सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । वडाअध्यक्ष पौडेलका अनुसार घाइते भएका पौडेललाई आगलागी भएपछि घरमा पालिएको मौरीले पनि टोकेको हो । आगलागीबाट के कति क्षति भयो भन्ने पुरा विवरण भने आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार