रामेछाप धारापानी बसेरीमा सुमो दुर्घटना

रामेछाप धारापानी बसेरीमा सुमो दुर्घटना

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगा धारापानी बसेरीमा शनिबार(आज) सुमो दुर्घटना भएको छ । बिहान अन्दाजी १०ः४५ बजेको समयमा भएको दुर्घटनामा चालक सहित दुईजना यात्रु सामान्य घाइते भएका छन ।

चालक अन्दाजी २९ वर्षिय राम बहादुर श्रेष्ठ,अन्दाजी ५४ वर्षिय ढक बहादुर श्रेष्ठ र अन्दाजी ३९ वर्षिय डोर बहादुर श्रेष्ठ सामान्य घाइते भएका हुन । घाइतेहरु धारापानी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किसकेको प्रहरी चौकी साँघुटारले जानकारी दिएको छ ।

धारापानी बसेरीबाट वडा नं ३ साँघुटारतर्फ जाँदै गरेको ना १ ज ६९८८ नम्बरको सुमो दुर्घटनामा परेको हो । सुमो चिप्लिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार