रामेछापको रामेछाप नगरपालिका वडा नं ७ कालीकुवादेखी चाम्बोट च्यास्कु कोलन्जोरघाट सडक कालोपत्रेको काम तिव्र गतिमा अघि बढेको छ । अहिले कालोपत्रेको काम होदिल पुगेको वडा नं ६ का वडाअध्यक्ष राजेश तामाङ्गले जानकारी दिनुभयो ।
यो आर्थिक वर्ष च्यास्कु बजारसम्म सडक कालोपत्रेको काम हुने उहाँले बताउनुभयो । ४.२८० किलोमिटर सडकको काम यहि चालु आवमै सम्पन्न हुने उहाँको भनाई छ । वर्षातको समयमा हिलो र हिउँदमा धुलो हुने सडक कालोपत्रे भएसँगै ३ वटा वडाका नागरीकले सहजमा रुपमा आवतजावत गर्न पाउने वडाअध्यक्ष तामाङ्गले बताउनुभयो ।
वडा नं ४,५ र ६ का नागरीकले कालोपत्रे सडक भएर यात्रा गर्न पाउने भएका छन । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले आगामी आर्थिक वर्षसम्म कोलन्जोरघाटसम्म सडक कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य रहको बताउनुभयो । सोही लक्ष्य अनुसार तिव्र गतिमा काम भइरहेको उहाँको भनाई छ ।
रामेछाप नगरपालिकाको ४ करोड ४८ लाख ५८ हजार ५ सय ३२ रुपैयाँ लागतमा सडक कालोपत्रेको काम जारी छ । एस.एन.एस सिंघदेवी डि एण्ड आर जेभी निर्माण कम्पनीले कालेपत्रेको काम गरिरहेको छ ।